2026-09-01 08:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

त्यो ७० लाख पनि कागजमा सम्पन्न हुने हो कि प्रमुखज्यु ?

प्रेम सुनार/असार–२७, वुटवल ।  हिजो गुल्मीको छत्रकोटमा कामै नगरी रकम निकासी सम्वन्धि समाचार वाहिर आए लगत्तै फेरी त्यहाँका जनताले काम नभएको त्यहाँको अर्को रकमबारे निगरानी बढाएका छन ।

‘होल बढी चकअप’  कार्यक्रमका लागि त्यस गाउँपालिकाले सुरुमा ५० लाख छुट्टाएको थियो भने पछि २० लाख थपेर ७० लाख पुराएको थियो । यसै आर्थिक वर्षमा  गर्ने भनिएको जुन कार्यक्रम आज असार २७ गतेसम्म पनि हुन सकेको छैन ।

४० वर्ष माथीका  सवै छत्रकोटवासीको पुर्ण स्वास्थ्य परिक्षण गर्ने उद्धेश्यका साथ अगाडी सारिएको उक्त कार्यक्रम विज्ञहरुको अभावमा गर्न नसकिएको त्यस गाउँपालिका स्वास्थ्य विभाग संयोजक श्यामसुन्दर पोखरेलले बताए ।

पटक पटक हामीले त्यस कार्यक्रम सञ्चालनका लागि टेण्डर आव्हान गरेका थियौं ।  बेलैमा कुनै स्वास्थ्य संस्था सम्पर्कमा नआए पछि  त्यो कार्यक्रम गर्न नसकिएको हो,– पोखरेलले भने । केहि  स्थानियले  कार्यक्रम हुन नसके पछि ‘त्यो ७० लाख ’ कोडभाषा बनाउँदै कतै हिजोको समाचारममा झै कागजमा  मात्रै सम्पन्न  हुने हो  कि  ? भनेर निगरानी बढाएका छन । नाम नवताउने सर्तमा धेरैले उक्त विषय सञ्चार माध्यमबाट उठाई दिन आग्रह गरेका छन ।

प्रतिक्रिया दिदा विवादमा तानिने लागेर होला यस सम्वन्धमा प्रमुख  प्रशासकिय अधिकृत ज्ञानुराम पन्थीले फोन उठाएनन ।  लेखापाल माधव अर्याल छोटो कुरा गरेर फोन राखे दोश्रो तेश्रो पटक फोन गर्दा उठाएनन । छोटो कुराकानीमा उनले उक्त कार्यक्रम  गर्न नसकिए पछि वहुवािर्षमा लैजाने तयारी भएको जानकारी दिए ।

 गाउँपालिका प्रमुख मधुकृष्ण पन्तसंग अशाढ मशान्त ढिप्की सक्यो  अवको तिन दिनमा त्यो ७० लाखको काम होला ? भन्ने  प्रश्न गर्दा उनले नसकिने नै  जवाफ दिए । उनले  दुई पटक सम्म आव्हान गर्दा कोही सम्पर्कमा नआए पछि त्यो  कार्यक्रम  गर्न ढिलाई भएको बताए ।

पछिल्लो पटक काठमाण्डौमा रहेको नेपाल काडियो ड्राईवेटीक एण्ड थाईराईटस् सेन्टर भन्ने संस्थाले सम्झौता गर्न सम्पर्कमा आएको छ प्रमुख पन्तले भने असार २९ गतेबाट त्यो कार्यक्रम सुरु गर्न लागिएको छ । 

उनले श्रृंगा प्राथामिक स्वास्थ्य केन्द्रमा उक्त कार्यक्रम गरिने जानकारी दिए । यसै आर्थिक वर्षम गर्न नसके पछि वहुवािर्षम गर्ने निर्णय भएको पन्तले बताए ।  उनले थपे – जनताको चासो उठाउनु भयो ,  जुन ठिक हो , जनतालाई ढुक्क हुन भन्नुस काम नगरी कुनै पैसा दायाँ बायाँ हुन दिने छैनौं । ’

हिजो त्यस गाउँपालिका वडा नम्वर ४ हर्दिनेटको एक मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष दिपक कँडेल लगायत काम नै नगरी रकम निकासी गर्न आएको समाचार प्रकाशित भएको प्रति उनले कुनै आपत्ती जनाएनन । उनले थपे –‘गल्ती गर्ने कसैलाई पनि छाडिन्न । जुन रकम अनियमित्ता हुनबाट बचाई सकिएको छ । ’ उनले मिडियाले बेलैमा खवरदारी गरेको प्रति धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली