2026-09-19 06:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेमा बाढीले बगाउँदा एकको मृत्यु, चार घरमा क्षति

असार २८, बनेपा | काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–११ स्थित बोहरेदोभानमा बाढीले बगाउँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

बुधबारदेखि निरन्तर परेको वर्षाका कारण खोलामा बाढी आएपछि आज बिहान पाँचखालस्थित झिगु खोला तर्नेक्रममा बगाउँदा सोही नगरपालिका–१२ का डोरनाथ कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले बताउनुभयो । 

यसैबीच, बाढीका कारण काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–२ मा दुई घर र वडा नं १ मा एक घर तथा रोशी गाउँपालिका–८ मा एउटा घर गरी चार घर पूर्णरुपमा क्षति भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिनुभयो । रासस 

माथिको तश्विरमा: नेपाली सेनाको टोलीले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–२ पुलबजारमा अविरल बर्षाको कारण डुबानमा फसेका चार जनाको उद्दार गर्दै । तस्बिर, सौजन्यः नेपाली सेना, रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई