पढ्न करिब 1 मिनेट लाग्छ

असार २९, मेलम्ची | सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ सल्लेडाँडामा बिहीबार राति बोलेरो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

तिपेनी बजारबाट सोही गाउँपालिकाको मानेखर्कतर्फ जाँदै गरेको लु१च ९९९ नंको बोलोरो कच्ची सडकबाट ४०० मिटर तल झरेर दुर्घटना भएको थियो ।

दुर्घटनामा तीन महिला र दुई पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङका ५६ वर्षीय पदम तामाङ, ६० वर्षीया जयरानी तामाङ, ५३ वर्षीया नानी तामाङ, ६५ वर्षीय भीमबहादुर तामाङ र २५ वर्षीया सुनमाया तामाङ छन् ।

तेह्रजना सवार बोलेरोमा चालक रामबहादुर लामासहित आठजना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा, अश्मी श्रेष्ठ, जिमी तामाङ, खुशी तामाङ, सुस्मिता वाइबा, शिर्षानी वाइवा, मनमाया तामाङ र भिमजुनी तामाङ रहेका छन् ।

उनीहरुको अहिले काठमाडौँस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको सिन्धुपाल्चोक जिल्ला प्रहरी प्रमुख मोहनप्रसाद पोखरेलले बताउनुभयो । रासस