2026-09-19 10:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

फरार चोर भक्तपुरबाट पक्राउ

साउन २, भक्तपुर | विगत केही समयदेखि काठमाडौँं उपत्यकाभित्र चोरी कार्यमा संलग्न रहेको आरोपमा भक्तपुर चाँगुनारायण नगरपालिका–७ बस्ने ४० वर्षीय पशुपति रिमाललाई प्रहरीले पक्राउ गरेको छ । 

गत जेठ १५ गते राति मध्यपुर ठिमी नगरपालिका–६ कुण्डोल भगवतीमार्गस्थित नवीन बुढाथोकीको घरमा दराज फुटाइ नगद तथा सुनचाँदीका गरगहनासमेत गरी रु सात लाख २५ हजार बराबरको धनमाल चोरी गरेको घटनामा संलग्न रहेको भन्दै रिमाललाई महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त ठिमीको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । निजको साथबाट चोरी गरेको विभिन्न धनमाल बरामद गरिएको प्रहरीले जनाएको छ । 

त्यस्तै विराटनगर महानगरपालिका– १४ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका– २ बालकोट बस्ने सन्तोष घिमिरेको घरबाट रु करीब एक लाख २५ हजार बराबरको धनमाल चोरी भएको छ । बाथरुमको झ्यालबाट प्रवेश गरी मोबाइल दुई थान र एक थान ल्यापटपसमेत गरी करीब रु एक लाख २५ हजार बराबरको धनमाल गएराति चोरी भएको प्रहरीले जानकारी दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई