2026-09-14 05:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

बुटवल उपमहानगरपालिकालाई प्रत्येक वर्ष २० वटा चिनिया छात्रवृत्ति

साउन ३, काठमाण्डौ | बुटवल उपमहानगरपालिकालाई चीनबाट ठूलो सहयोग मिल्ने भएको छ । चीनको सान्सी प्रान्तमा अवस्थित सियान विश्वविद्यालयले महानगरपालिकालाई उच्च शिक्षाका क्षेत्रमा प्रत्येक वर्ष २० वटा छात्रवृत्ति दिने भएको हो । 

हालैमात्र उपमहानगरपालिका र सान्सी प्रान्तमा अवस्थित सियान महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । सो अवसरमा उक्त सियान महानगरपालिकामा रहेको सियान विश्वविद्यालयले सो छात्रवृत्तिको घोषणा गरेको हो । चीनको सान्सी प्रान्तद्वारा केही महिना अघि नागरिक दूत नियुक्त नेपाली प्राध्यापक डा. राजिवकुमार झाको पहलमा उक्त भगिनी सम्बन्ध स्थापना भएको थियो ।

नेपालको आर्थिक, सामाजिक, सांस्कृतिकलगायत क्षेत्रमा सहकार्य र सम्बन्ध विकास गरी चीन नेपाल सम्बन्धलाई थप सुदृढ बनाउन सिमीत विदेशी विशिष्ट व्यक्तित्वलाई दिइने सो नागरिक राजदूतको उपाधि सियान प्रान्तीय सरकारले झालाई प्रदान गरेको हो । प्रा. डा. झाले उक्त पदमा नियुक्त भएसँगै आफूले सान्सी प्रान्तको सियान नगरपालिका र नेपालको बुटवल उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाका लागि गरेको प्रस्ताव उक्त प्रान्तको सरकारले स्वीकृत गरेको थियो । 

यस सम्बन्धपछि सियानस्थित ‘सियान युनिभर्सिटी अफ आर्ट एण्ड साइन्स’ ले बुटवल उपमहानगरपालिकाभित्र पर्ने कुनै विश्वविद्यालयसँग मिलेर ‘कन्फ्यूसियस इन्स्टिच्युट’ स्थापना गर्ने र यसमार्फत दुई नगरबीच शिक्षाको क्षेत्रमा सहकार्य र सहयोगको योजना बनाइएको पनि प्रा.डा. झाले जानकारी दिए । यसका साथै केही हप्तामात्र अघि पनि चीनको सान्सी प्रान्तमै रहेको अर्काे नगरपालिका आङखान नगरपालिकाले पनि प्रा डा. झालाई नागरिक दूत नियुक्त गरेपछि उनले तिलोत्तमा नगरपालिका र उक्त आङखान गरपालिकाबीच पनि भगिनी सम्बन्ध स्थापनाको प्रक्रिया अघि बढाइएको जानकारी दिए । सियान महानगरपालिका र सियान मेडिकल विश्वविद्यालयको उच्चस्तरीय प्रतिनिधिमण्डल बुटवल आउने र त्यसपछि छात्रवृत्तिका साथै कन्फ्युसियस इन्स्टिीच्युट स्थापनाको बारेमा छलफल हुने प्रा.डा.झाले जानकारी दिए । 

यसअघि गतवर्ष मात्र प्रा.डा. झालाई सियान प्रान्तले नै चिनियाँ एक बृहत आयोजना ‘वान वेल्ट वान रोड’ सम्बन्धी नेपालमा सञ्चालन गरिने सम्पूर्ण कार्यक्रम हेर्ने दूतका रुपमा नियुक्त गरेको थियो । चिनियाँ विश्वविद्यालयमा प्राध्यापनरत डा. झाको नाममा सियान प्रान्तीय सरकारले चारवर्ष अघि ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजिव कुमार झा’ स्थापना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले