2026-09-01 08:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

जापानबाट पिडितलाई एक लाख सहयोग

प्रेम सुनार/साउन–३, गुल्मी । पौदी सेभ असहाय सोसाईटी गुल्मीले छिमिकी जिल्ला अर्घाखाँचीका बाबु आमा विहिन तिन वालवालिकालाई १  लाख नगद सहयोग गरेको छ । बाबुको मृत्यु , आमाले दुई वर्षकी दुधे वालिकालाई समेत छाडेर  विचल्लीमा पारेकी अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर १, मरेङ्ग सुन्दरपोखराका  तिन वालवालिकालाई सहयोग हस्तान्तरण गरिएको हो । गरिएको हो ।  यहाँस्थित  रेडियो र टेलिभिजन कार्यक्रम ओझेलका खवरमा उनिहरुको विचल्लीको कथा प्रशारण भएको थियो ।  

उक्त कार्यक्रम प्रशारण भएपछि गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर १ पौंदी अमराई घर भई जापानमा कार्यरत कृष्ण केसी लगायत सोसाईटीका सदस्यहरुले  विभिन्न मुलुकमा सहयोग संकलन अभियान जारी गरेका थिए ।

त्यस गाउँमा गतिलाबाका नामले परिचित ७० वर्षिय बृद्ध यमनारायण पोखरेलको सम्पत्तिका नाममा वास मात्रै रहेको छ । त्यही वास पनि छिमेकीले चन्दा उठाएर , जनश्रमदान गरेर बनाई दिएका थिए ।

युट्युवमा उनिहरुको विचल्लीको कथा हेरे, सुनेपछि पछि आफुहरुलाई करुणा जागेर सहयोग संकलन गरी हस्तान्तरण गर्न आएको सोसाईटीका  उपाध्यक्ष रामप्रसाद भुसालले बताए । 

देशभरका बाढि पिडित, भुकम्प पिडित लगायत विपदमा परेका कैयौ मानिसलाई आर्थिक सहयोग जुटाउँदै आएका सोसाईटीका केन्द्रिय अध्यक्ष सन्तोष  गिरी र जापान शाखा अध्यक्ष कृष्ण केसीलेले ति वालवालिकाको पठन पाठनमा सहयोग पुगोस भनेर आफुहरुले अभियान छेडेको बताउँदै सहयोगदाता सवैलाई धन्यवाद थिए ।

उक्त सहयोगी गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालकद्धारा हस्तान्तरण गरिएको थियो । पौड्यालले सहयोगदाता र सामाजिक उत्तरदायित्व बोकेको भन्दै मिडियालाई पनि धन्यवाद दिएका थिए ।

हाल सम्म ति वालवालिकालाई साढे १० लाख बरावरको सहयोग जुटेको मालारानी गाउँपालिका वडा नम्वर १ का वडाध्यक्ष वालकृष्ण पोखरेलले जानकारी दिए । हस्तान्तरण कार्यक्रममा रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल , पौदीअमराईका समाज सेवी  एवं नेपाली कांग्रेस गुल्मीका पुर्व पार्टी सभापति सुरेशचन्द्र भुसाल लगायतको सहभागिता थियो ।         

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली