2026-09-19 10:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

तेस्रो कलेजो प्रत्यारोपण सफल,खेलाडी खड्काले नयाँ जीवन पाए

साउन ३, भक्तपुर | “मैले बाँच्ने आशा मारिसकेको थिएँ, आज हो कि भोलि भन्ने मात्रै थियो तर मेरो श्रीमतीको कलेजो र मायाले दोस्रो जुनी पाएँ ।” 

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (मानव अंग प्रत्यारोपण केन्द्र) भक्तपुरको सघन उपचार कक्षको श्ययामा रहनुभएका कराते खेलाडी ४३ वर्षीय बद्री खड्काले यसो भनिरहँदा उहाँको मुहार हसिलो देखिन्थ्यो । 

बूढानीलकण्ठ नगरपालिका– ११ कपन निवासी खड्काको जीवनमा विगत १३ वर्षदेखिको निराशा हटेपछि सिंगो परिवारमा खुशी छाएको छ । 

विसं २०६२ मा कलेजोमा समस्या देखेर उपत्यकाका नाम चलेका विभिन्न अस्पताल धाउँदाधाउँदा झण्डै रु ३० लाख सिद्धिएको बताउँदै उहाँले भन्नुभयो, “डाक्टरले कलेजोमा प्वालैप्वाल छ भन्थे, इन्फेक्सन हुनबाट जोगाउँन औषधि खाइरहेको थिएँ, कलेजो नफेरी हुँदैन भन्थे, त्यो अवसर बल्ल जु¥यो र बाँचे ।” 

ओम अस्पताल, वीर अस्पताल, नर्भिक अस्पताल, काठमाण्डाँै मेडिकल कलेज हुँदै भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आएपछि गत असार १० गते कलेजो प्रत्यारोपण सफल भएसँगै उहाँले दोस्रो जुनी पाउनुभएको हो । 

“श्रीमतीको रेखदेख र औषधि खाएकै भरमा अहिलेसम्म बाँचेको हुँ, विसं २०६५ मा वीर अस्पतालका डाक्टरले खान मन लागेको जे खाए पनि हुन्छ खान दिनुस्, अब घर लानु पर्दैन, आर्यघाट लगेहुन्छ भने, त्यतिखेर मलाईभन्दा बढी गाह्रो मेरो श्रीमतीलाई भयो”, अस्पतालका डाक्टरले भनेका तितो अनुभव उहाँले सुनाउनुभयो । 

विसं २०६० मा ललितपुर इमाडोलकी रुसा सुवेदीसँग मागी विवाह गर्नुभएका उहाँका १३ वर्षीया छोरी र नौ वर्षीय छोरा छन् । छोराछोरी सम्हाल्दै बिरामी श्रीमान्लाई विभिन्न अस्पताल पु¥याउँदै अन्तमा आफ्नै कलेजो दिएर बचाउँन सफल हुनुभएकी रुसाको हिम्मत र आँटले नै आफू बाँच्न सफल भएको खड्का बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “शरीर सबै सुन्नियो, पेट निकै ठूलो भयो, पटकपटक फोक्सोबाट पानी झिक्दा मलाई भएको पीडा देखेर श्रीमतीलाई पनि धेरै दुखेछ, मेरो पीडा उनलाई सहन गाह्रो भयो, त्यसैले उनले आफ्नै कलेजो दिने निर्णय गरिन् ।” 

नेपालमा कलेजो प्रत्यारोपण सेवा शुरु नभएकाले भारत जाने सल्लाह भए पनि भारतमा प्रत्यारोपणमै रु एक करोडभन्दा बढी लाग्ने र डिस्चार्ज भएर आउने बेलासम्म रु एक करोड ५० लाख खर्च हुने भएपछि भारत खड्का गएनन् । 

यस केन्द्रमा भने रु २० लाख जम्मा गरेकै भरमा सफल कलेजो प्रत्यारोपणसंगै उपचार सकिएको बताउँदै उहाँले नेपाल मै थोरै पैसाले प्रत्यारोपण गर्न सकिने हुँदा धेरैको ज्यान बाँच्ने र पैसाको बचत हुने बताउनुभयो । 

डाक्टरमार्फत नै भक्तपुरमा कलेजो प्रत्यारोपण हुन्छ भन्ने थाहा पाएपछि केन्द्रमा आएर सबै जाँच गर्दा श्रीमतीको कलेजो प्रत्यारोपण गर्न मिल्ने भएपछि गत असार १० गते प्रत्यारोपण गरिएको हो । 

रुसा भन्नुहुन्छ, “अब त उहाँले घर मात्रै कुरिदिए पनि पुग्छ, अरु केही गर्नु पर्दैन, कमसेकम उहाँ भएपछि मेरो जीवन पूर्ण भएको छ, मेरो धेरै तनाव घटेको छ ।” सानैदेखि माछा मासु नखाने, मदिरा नपिउने भए पनि विसं २०५३ मा दुई पटक कमलपित्त भएको थियो । करातेका मास्टर र करातेका थ्री डनसमेत भइसकेको बद्रीको दुई वटा आफ्नै डोजो र विभिन्न विद्यालयमा सिकाउन जानुपर्ने हुँदा समयमै खाना खाने व्यवस्था नहुँदा धपेडीकै कारण कलेजो बिग्रिएको उहाँको भनाइ छ । 

केन्द्रका प्रमुख एवं निर्देशक डा पुकारचन्द्र श्रेष्ठले अहिलेसम्म तीन वटा कलेजो प्रत्यारोपण सफलतापूर्वक भएको बताउँदै अब सातामा एउटा कलेजो प्रत्यारोपण गर्न सकिने अवस्थामा केन्द्र पुगेको बताउनुहुन्छ । 

भारतको दिल्लीस्थित म्याक्स अस्पतालका प्रा डा सुभास गुप्ताको नेतृत्वमा रहेको नौ सदस्यीय टोली र केन्द्रका डा श्रेष्ठको नेतृत्वमा रहेको १५ सदस्यीय टोलीले १४ घण्टा लगाएर खड्काको कलेजो प्रत्यारोपण गरेको हो । 

डा श्रेष्ठले भन्नुभयो, “हामीसँग जनशक्ति र प्रविधि तयारी अवस्थामा छ, अब बिरामी आए हरेक साता कलेजो प्रत्यारोपण गर्न सक्छौँ । केन्द्रले २० लाखमै कलेजो प्रत्यारोपण गर्न सक्छ, अब यसकै लागि भारत जानु पर्दैन ।” 

नेपालमा पहिलो पटक यही केन्द्रमा भक्तपुरका बलराम नागालाई उहाँकै दिदी सानुमाया लागेजुले कलेजो दिनुभएको थियो भने दोस्रो पटक केन्द्रमै लगनखेलका ५७ वर्षीय हीराकाजी महर्जनको कलेजोको सफल प्रत्यारोपण गरिएको थियो । उहाँलाई छोरी सरिताले कलेजो दिनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई