2026-09-01 07:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा सञ्चारकर्मी शर्मा सहित दुई जनाको शव फेला, यसरी विदा भए शर्मा

प्रेम सुनार | साउन ८, गुल्मी | आज विहान गुल्मीका बेग्ला बेग्लै स्थानमा दुई जना पुरुषको शव फेला परेको छ । ईस्मा गाउँपालिका वडा नम्वर–१ , हस्तीचौरको हर्पुकोट अर्सेनीका अन्दाजी ६५ वषिय लोकबहादुर महतराको शव गुर्वाको महतधारा भन्ने खोलामा फेला परेको त्यहाँका वडाध्यक्ष चुराबहादुर खत्रीले जानकारी दिए ।

हिजो साँझ घरबाट गुर्वातिर हिडेका उनि बाटो देखि  तलको भिरको धार्नेको रुखको हाँगा समेत लाछिने गरी लडेर करिव ५० तल पानीमा डुवेको उनले बताए ।  यस सम्वन्धमा  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रविन्द्रबहादुर खड्काले जानकारी दिए ।

सञ्चारकर्मी शर्मा यसरी विदा भए

गुल्मी जिल्लाका पुराना सञ्चारकर्मी कृष्ण शर्मा आज विहान वम्घामा झुण्डिएको अवस्थामा फेला परेका छन ।  गुल्मीको रेडियो रेसुङ्गा, स्काई एफएम, वम्घाको  ऋषिकेश एफएम र त्यस अघि पाल्पाका विभिन्न रेडियोहरुमा काम गरेका शर्मा रुरु गाउँपालिका वडा नम्वर ४, वम्घाको एक रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन ।

गुल्मी कै मुसिकोट नगरपालिका वडा नम्वर–४ बडागाउँको हलोगाडे घर भएका ३६ वर्षिय शर्मा पछिल्लो चरण स्याङ्गजाको आँधिखोला एफएममा काम गर्दै आई रहेका थिए ।

घटना स्थलमा पुगेका रिडी ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भिमबहादुर कार्कीका अनुसार उनले लेखेको सुसाईट नोटले वम्घामा रहेको रेडियोमा काम गर्दा उनको स्थानिय एक युवती सग गहिरो माया प्रेम रहेको बुझिन्छ ।

उनले त्यहाँकी एक युवतीको नाम सम्वोधन गरी निकै गहिरो माया थियो …. आजबाट विदा भएँ… जस्ता कुराहरु लेखेका छन । स्याङ्गजाबाट उनको घर बडागाउँ जाने उनि उल्टो बाटो तिनै प्रेमीका भेट्न वम्घा आएको पाईएको प्रहरी निरीक्षक कार्कीले बताए ।

रेडियो प्राविधिक कार्यमा पारङ्गत उनि विभिन्न कार्यक्रम समेत चलाउँथे । केहि दिन अघि एक रेडियोमा एकडेढ वर्ष सम्म काम गरेको तलव नदिएको भन्दै उनले  उक्त विषय उठान गरी तलव दिलाई  दिन यसै समाभचारदाता संग फोनमा  आग्रह गरेका थिए ।  

तस्वीरः साथीहरुको विचमा निलो टिर्शटमा चस्मामा सञ्चारकर्मी शर्मा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली