समाचार प्रभाव: धुर्कोटबाट सुरु भएको गाई भैसीलाई सुत्कारी भत्ता अब देशैभर

साझासवाल

<p>प्रेम सुनार | साउन १०, गुल्मी | केहि दिन अघि पहिलो पटक यस साझा सबाल डट कमले अब पशुलाई पनि सुत्करी भत्ता शिर्षकको समाचार सम्प्रेषण&nbsp; गरेको थियो&nbsp; ।&nbsp; गुल्मीको&nbsp; धुर्कोट गाउँपालिकाले&nbsp; तेश्रो गाउँ सभामा घोषणा गरेको पशुलाई सुत्केरी भत्ताको त्यस समाचारलाई धेरैले सकरात्मक सन्देशका रुपमा लिएर शिरोधार्य गरेको पाईएको छ ।<br></p><p>अहिले देशका विभिन्न स्थानिय तहले कतै सुत्केरी गाई&nbsp; त कतै सुत्केरी भैसीलाई भत्ता दिने धमाधम&nbsp; घोषणा गर्दै&nbsp; गएको समाचारले त्यसको पुष्टि गरेको छ ।&nbsp; धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल भन्छन –‘ सुरुमा हामीलाई खिस्साए, ‘ कहि नभएको हाँडी जात्रा हाडी गाउँमा..’ भन्ने जस्ता खानेखुशी पनि गरेको भन्ने कुरा सुनियो ।</p><p>आखिर हामीले गरेको घोषणा सहि रहेछ र त अहिले देशैभरका विभिन्न् स्थानिय तहले पशुलाई सुत्केरी भत्ताको धमाधम घोषणा गर्दैछन । ’&nbsp; स्मरण रहोस गाउँपालिका स्तरको स्थानिय तहमा पहिलो पटक प्रेस संयोजक नियुक्ति गर्ने, खरका छाना&nbsp; रहित घर घोषणा गर्ने र वर्षऔं देखि दासका रुपमा&nbsp; कजाईएका कटुवालहरुलाई पहिलो पटक तलव&nbsp; निर्धारण गर्नेृ धुर्कोट गाउँपालिका पहिलो स्थानिय सरकार हो । उसले कृषकलाई समेत अनुदान र पुरस्कारको ब्यवस्था गरेको छ ।</p>

Leave a Comment

Leave a Reply