Skip to content
Friday, July 17, 2026 Nepali Online Media

रसुवा पहिरो: नुवाकोट, सिन्धुपाल्चोक र रसुवाका गरि ९ जनाको मृत्यु

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

साउन १०, रसुवा | गए राति टिमुरे क्षेत्रमा गएको पहिरोबाट मृत्यु हुनेको संख्या नौ जना पुगेको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार अहिलेसम्म नौ जनाको शव फेला परेको छ । मृत्यु हुनेमा नुवाकोटकी (ठेगाना खुल्न बाँकी) समिला विक, नुवाकोट ककनीका सुमो जीप चालक रमेश तामाङ, रसुवा गोसाइँकुण्ड गापा–२ टिमुरेका कामी भनिने दोर्जे वाङ्जु घले, उनकी श्रीमती कार्साङ किमो घले, रसुवा गोसाइँकुण्ड गापा–१ थुमनका ४३ वर्षीय गोसार भनिने मिङमार गोम्बो तामाङ रहेका छन् । यसैगरी पहिरोमा परी सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गापा–५ मामिङका २७ वर्षीय विक्रम श्रेष्ठ, ४५ वर्षीय मंगल तामाङ, ४२ वर्षीय श्याम श्रेष्ठ र सिन्धुपाल्चोक भोटेकोशी गापा–४ फुलपिङकट्टीका ३५ वर्षीय रेशम भनिने सुस खड्काको पनि मृत्यु भएको छ ।

पहिरो करीब चार किमी माथिबाट आएको स्थानीयवासीको अनुमान छ । सबै सुतिरहेको अवस्थामा पहिरोले पुरेको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्रीले बताउनुभयो ।

पहिरोले एक पक्की घर क्षति बनाउनाका साथै तीन वटा छाप्रा तथा एक प्रहरीको बिटसमेत पुरिएको छ । प्रहरी बिटमा रहेका प्रहरी बजार गस्तीमा गएका कारण प्रहरीतर्फ कुनै मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

घाइते भएको १२ मध्ये नौ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार गराई घर फर्किएका र तीन जनाको टाउको तथा खुट्टामा बढी चोट परेकाले थप उपचारका लागि काठमाडौँ पठाइएको स्वास्थ्यकर्मीले बताएका छन् । रासस