Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सामाजिक सद्भावका लागि धर्मगुरुको सामूहिक प्रतिबद्धता

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन ११, नेपालगञ्ज | सामाजिक सहिष्णुता र सद्भाव कायम गर्न सक्रिय अन्तरधार्मिक तथा सामाजिक सद्भाव मञ्चले सामाजिक सहिष्णुताका लागि विभिन्न गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ ।

मञ्चको आज बसेको बैठकले सामाजिक सद्भावका लागि विभिन्न समितिसँग सहकार्य गर्दै धार्मिक एवं सामाजिक गतिविधि सञ्चालन गर्ने निर्णय गरेको हो । विसं २०६३ मा स्थापित उक्त मञ्चले जिल्लाका विभिन्न स्थानमा सद्भाव प्रवचन कार्यक्रम गर्ने भएको छ ।

मञ्चका अध्यक्ष एवं बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी र मुस्लिम धर्म गुरु मौलाना जब्बार मञ्जरीले धार्मिक तथा सामाजिक सद्भाव बिग्रिन नदिन मञ्चले मानवीय सन्देश प्रवाह गर्ने बताउनुभयो ।

त्यसैगरी सिख धर्मका प्रतिनिधि राजेन्द्र सिंह र क्रिश्चियन धर्म गुरु बेञ्जामिन श्रेष्ठले सामाजिक र धार्मिक सद्भावका लागि सधैँ क्रियाशील भएर काम गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । रासस