ज्युँदै सधैका लागि बिदा माग्दै, आफ्नो कात्रो आफै किन्दै

साझासवाल

प्रेम सुनार | साउन १२, गुल्मी | ‘ ल है मेरो राखन धरान बुझ बुहारी, अरु मैले केहि राखेकी छैन । यिनै सुनका गहना हुन ।  यो मध्ये एक एक तोला सुनका गहना  दुई वटी नातिनीलाई दिनु अरु तिनै भाईका परिवारलाई बराबरी बाँडि दिनु’–यसो भन्दै  विदा मागिन कान्छि बुहारी रविना सुवानी संग सउदी अरवमा हज गर्न  जाने गुल्मी तम्घासकी ६४ वर्षिया  खातिजा बेगम सुवानीले ।

मुस्लीम समुदायको यो कस्तो रोचक र अनौठो  प्रचलन ? ज्युँदै परिवार संग सधैका लागि बिदाई र हाँसी हाँसी स्र्वग जाने उत्साह ?  हिजो सुक्रवार  सउँदी अरवको मक्का मदिनामा हज गर्न  यहाँबाट प्रस्थान गरेकी सुवानी र उनका जेठा छोरा रजिउल्ला मियाँले आफ्नो कात्रो  ( मृत्यु हुँदा छोप्ने सेतो कपडा )  आफै किनेर त्यस तर्फ लागेका छन ।

गुल्मीका ईस्लाम धर्म गुरु अनिष सुवानीका अनुसार स्वर्ग जाने आठ भाग मध्ये १ भाग सउदीको मक्का मस्जीद मानिन्छ ।  त्यहाँ मरे पछि आफुले  ठुलो पुण्य कमाएको ठानिन्छ । हज गर्न  जाने लिष्टमा आफ्नो नाम परेपछि स्वर्गबाट खोजी भएको शौभाग्यशाली पात्र मानिन्छ र गर्वले गद्गद् भईन्छ ।

परिवारका अन्य सदस्यहरुलाई सम्पुर्ण धन सम्पत्ती , लेनदेन हिसाव किताव सवै  बुझाएर विदा लिईन्छ । सुवानीकी कान्छि बुहारी रविन सुवानीले गला अवरुद्ध पार्दै भनिन–‘ सासुले अरु कुरा त छोरालाई बुझाउनु भए होला ,  तर गरगहना निकालेर मलाई  दिनु भयो र भन्नु भयो, एक एक तोला  यो सनु चाँही जसरी पनि मेरा दुईटी नातिनीलाई दिनु, अरु तिनै भाईलाई बराबरी बाँडी दिनु ।’

हिजो विदा हुने वेलामा सुवानीले बुहारी सहित सवै संग  विा माग्दै भन्दै थिईन–‘ मैले कुनै नराम्रो बोलेको र त्यस्तो गलत ब्यवहार देखाएको भए मलाई माफ गर्नु , राम्रो संग बस्नु । उनले रुँदै र सवैलाई अंगालो हाल्दै भनिन–‘ यो दुनियाँमा कसैले कसै प्रति नराम्रो नगर्नु ।’

अर्घाखाँचीबाट २०४४ साल कार्तिक ४ गते तिन जना नावालक छोराहरु बोकेर तम्घासमा चुराको ब्यापार गर्न आएकी सुवानीको त्यति बेलाको कष्टकर जिवन भोगाई सम्झेर अहिले पनि रुन्छिन तम्घास भिमचोककी  तत्कालिन घरवेटी ९४ वर्षिया बृद्धा खिमकुमारी श्रेष्ठ ।

सवै संग विदा भई सकेपछि उनै घरबेटी श्रेष्ठकहाँ विदा माग्न गईन सुवानी र धिक पुग्ने गरी उनै संग अंगालो मारेर रोईन । भनिन–‘ आमा विदा हुन्छ, आशिवार्द दिनुस ।  अव मेरा छोरा छोरी, सवैको हेरविचार गर्ने जिम्मा तपाईको ।  उनले त्यसो भन्न साथ– बृद्ध श्रेष्ठले भक्कानो छाड्दै  भनिन–‘हे.. मेरा बा…. म पो कति दिन बाँचुँला र …? ’

हजको अर्को नाम ज्युँदै स्वर्ग र सधैका लागि विदा  माग्ने मुस्लीम समुदाय भित्रको  यो अनौठो प्रचलन बुझेका  हिन्दु र बौद्ध धर्मलम्मीहरुले हिजो  रुँदै विदाई गरेको समाचार  भ्याईरल भयो र नेपालको साम्प्रदायिक सत्भावको गतिलो उदाहरण भएको प्रतिकृया आई रहेको छ ।

सुवानीका कान्छा छोरा अञ्जुम सुवानी भन्छन–‘ आमा र दाजुले सवै श्री–सम्पत्ती बुझाएर जानु भएको छ । ऋण धन सवै बुझाएर जाने हाम्रो प्रचलन अनुसार सवै काम भएको छ । ’

अर्घाखाँचीबाट तम्घास आउँदा साँघुरो कच्ची र चिसो कोठामा तिन भाई छोराहरु हुर्काउँदाका दिनहरु सम्झीदै हजका लागि हिडेका  आमा छोरा दुवै भक्कानिए ।

आफ्नै पौरखले बनाएको चार तले पक्की भवन  सुवानीले तल  ओर्लेपछि फर्केर हेदै भक्कानिदै गरेको दृश्यले अरुलाई थप भावुक पारेको थियो । त्यस  धर्म गुरु  अनिष सुवानीका अनुसार ईस्लाम धर्मले कसैको एक सुको ऋण नखाई मर्नु भन्छ ।

हज गर्न जानु पुर्व पहिला साहु बुझाईन्छ ।  त्यस पछि मात्र हिन्दुहरुले भन्ने गरेको कात्रो अर्थात सेतो कपडा किनिन्छ  । जसलाई त्यस समुदायले ‘एहराम’ भन्छ र त्यसैमा त्यहाँ  पुजा गरिन्छ ।  उनले भने–‘ बाँच्न त त्यहाँ गएका मध्ये धेरै जना बाँचेर आउँछन । तर आफ्नो मृत्यु आफैले निश्चित जस्तै  ठानेर जाने गर्दछन ।’

उनका अनुसार अपार भिड र मस्जीद भित्रको दौडधुपले हज गर्न जानेहरु केहि मर्ने गर्दछन । गत वर्ष दुई जनाको मृत्यु भएको थियो । सुवानी परिवार पनि सकुशल आउने कुरामा  ढुक्क छन सवै जना तर औपचारिक रुपमा  सधैका लागि सम्वन्धितले सधैका लागि  विदा माग्ने र आफन्तले विदाई गर्ने प्रचलन अनुसार हिजो भव्य भोज–भतेरका साथ उनिहरुको शव्दमा अन्तिम विदाई गरिएको थियो ।

कस्तो अनौठो ? आफ्नो मृत्यु आफैद्धारा एक प्रकारले घोषणा । आफैले खाएको ऋण आफैले तिरेर विदा माग्ने । कुनै गल्ती कम्जोरी आफुबाट भएको भए सवैबाट क्षमा  मागेर विदावारी हुने । आफ्नो कात्रो आफैले किन्ने । मुस्लीम समुदायको यस्तो रोचक प्रचलन नयाँ पिढीले बुझ्न जरुरी  देखेर यो खवर हामीले पस्केका हौ ।

Leave a Comment

Leave a Reply