२७ कार्तिक २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

शोक कार्यक्रम सम्पन्न

१७ आश्विन २०७२, आईतवार ०८:४५

अनिश गैरे, असोज १७, वामी गुल्मी ।आफ्नो पार्टीका सक्रिय सदस्य डिल्लीराज रेग्मीको ७५ बर्षको उमेरमा भएको निधन प्रति दुख ब्यक्त गर्दै नेपाली काङ्ग्रेस वामीले शोक कार्यक्रम सम्पन्न गरेको छ । मृतक रेग्मीको घर वामी ४ मिजर पोखरामा गरिएको कार्यक्रममा नेपाली काङ्ग्रेस वामीका सभापति कृष्णहरी सापकोटाको सभापतित्व तथा ईलाका नम्बर ९ का संयोजक सुदर्शन शाक्यको प्रमुख आतिथ्यता रहेको थियो । भने ईलाक नम्बर ९ का सदस्य दिनेश खातीको बिशेष आथ्यिता रहेको थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस पुर्ब उपसभिापति तिर्थमणि सापकोटा, भुपु सैनिक संघका चुरा बहादुर खत्री, दलित संघका भिमसेन बिक, पार्टीका वडा नम्बर ३ का उपसभापति अर्जन सापकोटा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाक्यले मृतकले पार्टीको लागी गरेको योगदानको चर्चा गर्दै दिबगंत आत्माको चिर शान्ति र बैकुण्ठ बासको कामना गर्नुभएको थियो । त्यसैगरी उहँँले पार्टीको एक सच्चा, ईमान्दार र कर्मठ अभिभाबहक गुमाएकोमा दुख ब्यक्त गर्नुभयो ।

कार्यक्रममा पार्टीका सचिब डिलाराम खरेलले शोक पत्र बाचन गर्नृभएको थियो भने सञ्चालन सचिब तेजेन्द्र जिसीले गर्नुभएको थियो ।रेग्मीको यही असोज ९ गते आफ्नै निबासी वामी ४ मिजरपोखरामा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन तयारी : थपिँदै नयाँ मतदाता र राजनीतिक दल पशुपतिनाथ र बौद्धनाथ जोड्ने सडकमा ‘अस्फाल्ट प्रविधि’ को कालोपत्र वर्षाका कारण धान उत्पादनमा तीन लाख मेट्रिक टनले कमी आउने अस्ट्रेलिया–इन्डोनेसिया नयाँ सुरक्षा सन्धिमा सहमत जेनजी सुशासन योद्धाका आमा भन्नुहुन्छ : ‘मम्मी’ भन्ने आवाजले झस्काइरहन्छ सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते लागुपदार्थ सेवन गरी सवारी चलाउने छ जना नियन्त्रणमा देशभरको मौसम सफा रहने पूर्वानुमान सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सन् २०२६ को खेल आफ्नो अन्तिम विश्वकप खेल हुने रोनाल्डोको भनाइ निर्वाचनको वातावरण बनाउन दलहरूको भूमिका महत्पूर्ण रहन्छः कानुनमन्त्री सिन्हा नवनियुक्त मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक दिल्लीको घातक विस्फोटलाई ‘षड्यन्त्र’ भन्दै प्रधानमन्त्री मोदीद्वारा दोषीलाई कठोर कारबाहीको चेतावनी मन्त्रिपरिषद् बैठकको निर्णय महानगर धुलोमुक्त बनाउँदै कामपा ‘बाबा सम्झेर टोलाइरहन्छन् छोराछोरी…’ पाकिस्तानको अदालतमा विस्फोट, १२ जनाको मृत्यु तालिका थप भएपछि भोजपुर–काठमाडौँ अब चार उडान दर्शकले रुचाउन थाले नेपाली चलचित्र