पढ्न करिब 1 मिनेट लाग्छ

साउन १८, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मुख्य सडकमा एक पुरुष मृत फेला परेका छन् । वीरगन्ज महानगरपालिका- ३ छपकैया आदर्शटोल घर भएका ४० वर्षीय सुनिलाल साह कानु मृत भेटिएका हुन् ।

वीरगन्ज महानगरपालिका-२ छपकैयास्थित प्रहरी बिट नजिकै सडक पेटीमा शुक्रबार बिहान साहको शव भेटिएको थियो ।

खाली पेटमा अत्याधिक मादक पदार्थ सेवा गरी रातभरी सडक पेटिमै सुतेकोले उनको मृत्यु भएको हुन सक्ने प्रहरीको आशंका छ ।

मृतकको साथमा घरेलु मदिरा राखिएका २ वटा खाली बोत्तलहरुसमेत फेला परेको प्रहरीले जनाएको छ ।