२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा आत्मा हत्याको संख्या प्रति वर्ष ५० भन्दा बढि

२०७२, १३ मंसिर आईतवार ०५:२६

प्रेम सुनार/मङ्सिर १३, गुल्मी । गुल्मीमा गत तिन वर्ष यताको विवरण हेर्ने हो भने आत्मा हत्या न्युनिकरणका लागि तत्काल यहाँका राजनैतिक दल, विभिन्न संघ संस्था र सरकारी कार्यालय जुट्नु पर्ने देखिएको छ ।

गत तिन वर्ष यता प्रति वर्ष कम्तीमा ५० जनाले आत्मा हत्या गरेको विवरण जिल्ला प्रहरी कार्यालय गुल्मीमा रहेको छ । आर्थिक वर्ष २०६९/०७० मा गुल्मीमा ५२ जनाले आत्मा हत्या गरेका थिए । २०७०/०७१ सालमा ५३ जनाले अत्मा हत्या गरेका थिए । २०७१/०७२ मा ५० जनाले आत्यामा हत्या गरेका थिए भने यस आर्थिक वर्षको ४ महिनाको अन्तराल मै २८ जनाले आत्मा हत्या गरेका छन् ।

आत्मा हत्या गर्नेहरुको उमेर हेर्ने हो र मर्नु अघि उनिहरुले फेशवुक मार्फल लेखेको स्टाडस र तस्वीर देख्ने हो भने आत्मा हत्यालाई खेलाची जस्तो ठानेको पाईएको छ । आत्मा हत्या गर्नेहरु ८४ वर्षिया बृद्ध देखि ११ वर्षिय वालक समेत रहेका छन् । केहि दिन अघि सदरमुकाम तम्घासमा झुण्डीएर आत्मा हत्या गरेकी एक युवतीले मनु अघि म यसरी झुण्डीएर मर्दैछु भन्ने तस्वीर फेशवुकमा राखेको केहि वेरमै ठिक त्यसरी नै गलामा चुन्नीको पासो लगाएर आत्मा हत्या गरेकी थिईन् ।

एक विद्यालयकी शिक्षिका रहेकी उनको आत्मा हत्याको कारण गोप्य राखिएको छ । पछिल्लो ४ महिनामा आत्मा हत्या गर्ने २८ जना मध्ये १२ जना जनजाती समुदायका रहेका छन् । ८ जना दलित समुदयका र ६ जना व्राम्हण समुदायका रहेका छन् । आत्मा हत्या गर्नेहरुमा बढि मात्रमा विवाहित रहेका छन् ।

२८ जनामा १९ जना विवाहित र ९ जना अविवाहित रहेका छन् । विवाहितले बढि मात्रमा आत्मा हत्या गर्नुको कारण वैदेशिक रोजगार पनि एक भएको पाईएको छ । केहि महिना अघि गुल्मीकी एक महिला श्रीमान विदेशबाट आएको दुई दिन नवित्दै आत्मा हत्या गरेकी थिईन् । कुनै महिला आफु स्वयम दोषि हुन त कुनै महिला निर्दोष हँदाहुँदै पनि श्रीमान विदेशबाट आए पछि घरपरिवारले अनेक कुरा लागाई दिने गरेका कारण आत्मा हत्या गर्न बाध्य भएको केहि घटनाले देखाएको छ ।

त्यसो त आत्मा हत्या गर्ने ११ वर्षे वालक देखि १५ वर्षे किशोर समेत रहेका छन् । त्यसता वालक र किशोरहरु विशेषता परिवारले डर त्रास देखाउने तनाव सिर्जना गराउने कारणले पनि आत्मा हत्या गरेको पाईएको छ । २५ जना मध्ये ११ देखि १५ वर्ष सम्मका ४ जना रहेका छन भने त्यो भन्दा माथी ८४ वर्ष उमेर सम्मका २४ जना रहेका छन् ।

ति मध्ये बढि मात्रमा गरिवी, दिर्घ रोगी, पारिवारीक कलह, अनुचित सम्वन्ध र प्रेममा असफल आत्मा हत्याको कारण देखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव उपरीक्षक रविन्द्र रेग्मीले बताए । उनका अनुसार गत तिन वर्षको अन्तरालमा आत्मा हत्याको सख्या यति धेरै बढे पनि एसएलसी परिक्षामा फेल भएका कारण र प्रेममा धोका खाएका कारण आत्मा हत्या गरेको भने एकदमै कम पाईएको छ ।

२८ जनामा परिक्षामा फेल भएर वा शैक्षिक क्षेत्रमा जुन कुनै हिनतावोधले आत्मा हत्या गर्ने एक जना पनि छैनन भने प्रेममा असफल भएर जम्मा एक जनाले मात्रै आत्मा हत्या गरेका छन् । केहि वर्ष अघि सम्म परिक्षामा फेल र प्रेममा असफल भएर वा अवैध सम्वन्ध राखेर आत्मा हत्या गर्छन भन्ने मान्यता पछिल्लो चरण तोडिएको छ । यि कुराहरु युवा पिढिले पचाउन थालेका छन भन्ने कुराको संकेत मिलेको छ ।

परिक्षामा फेल भए फेरी पास हुन्छु भन्ने सोचको विकास हुँदै गएको पाईएको छ । त्यस्तै पाउनु मात्र माया होईन गुमानु पनि माया हो भन्ने मानसिकताको विकास हुँदै जाँदा प्रेममा असफल हुनेहरुले पनि कुराहरुबाट हरेश खाँदै आत्मा हत्या गर्न छाडेको गुल्मीको आत्मा हत्याको विवरणले देखाएको छ ।

त्यस्तै अवैध सम्वन्ध सार्वजानिक भए पनि त्यसको डटेर सामना गर्दै आत्मा हत्या जस्तो कायरता अपनाउन छडेको पनि देखिएको छ । यसर्थ आत्मा हत्या न्युनिकरणका लागि अव चेतना मुलक कार्यक्रम विशेष गरी गरिवीले आक्रन्त परिवार, दिर्घ रोगी, मादक पदार्थ र अन्य लागु पदार्थको कुलतले जिवन देखि नै निरास भएकाहरु विच बढि सञ्चालन गर्नु पर्ने देखिन्छ ।

गुल्मीमा बढ्दो आत्मा हत्या न्युनिकरणका लागि प्रहरीले यहाँको सवै पक्ष र सञ्चारकर्मीहरु संग मिलेर चेतना मुलक कार्यक्रम सञ्चालनका लागि छलफफलको तयारीमा रहेको जिल्ला प्रहरी प्रमुख रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ