Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

गुल्मीमा ३ दिनमा तीन ठुला अपराधः अभियुक्तहरु सबै समातिए

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार। साउन–२३, गुल्मी। एउटै जिल्ला गुल्मीमा केहि दिन अघि  तिन दिनमा तिन ठुला अपराधका घटना घटेका थिए । दुई जना ब्यक्ति हत्या र एउटा बलात्कार उद्योग घटनाको  अभियुक्तहरुलाई  प्रहरीले पक्राउ गरी कानुनको कठघरामा उभ्याउँन सफल भएको छ ।

साउन ३ गते गुल्मीको छत्रकोट–२ , पल्लीकोटमा आफ्नै साथी ३४ वर्षिय शेरबहादुर राकशकोटीलाईलाई अघिल्लो दिन कुटेर हत्या गर्ने ३५ वर्षिय रुकबहादुर राकासकोटीलाई जिल्ला अदालत गुल्मीले पुर्पक्षका लागि कारागार थुनामा पठाएको छ ।

त्यस्तै साउन २ गते चन्द्रकोट ४ मा एउटी ७० वर्षिया बृद्धाले शाररिक सम्पर्क राख्न नमानेको आवेशमा उनलाई पनि निर्घात कुटेर हत्या गरेका ४४ वर्षिय गोकुल सार्कीलाई पनि अदालतले थुनामा राख्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रविन्द्रबहादुर खड्काले जानकारी दिए ।

त्यस्तै साउन ३ गते छत्रकोट–१ हुँगामा बोल्न नसक्ने सुष्तमनस्थितीकी महिलालाई वलात्का उद्योग  गर्ने स्थानिय जयबहादुर कामीलाई पनि अदालतले थुनामा पठाएको प्रहरी निरीक्षक खड्काले बताए  । श्रृंखलाबद्ध रुपमा साउन २, ३ र चार गते भएको तिन ठुला अपराधका घटनाले स्थानिय  त्रसित भएका थिए । तर तिनै जना अपराध अभियुक्तलाई प्रहरीले तत्काल पक्राउ गर्न सफल भएको प्रति स्थानियले सुरक्षा निकाय संग सन्तोष ब्यक्त गरेका छन ।