2026-09-01 07:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा कांग्रेसजन महिलाहरु झुम्नु–झुमे (फोटो फिचर)

प्रेम सुनार | साउन २५, गुल्मी | निलो साडी, आजकल चलेको ब्लज ,  शिरमा चन्द्रमा–क्लिप, कानमा झुम्का,  गलामा हार  र रातो पोते सहितको मंगलसुत्र  र  विन्दीयामा सजिएकी विन्दु पन्थी सापकोटा  एक कार्यक्रममा  तिज गीतमा झुम्ने पहिलो पात्र थिईन ।

नाच्नु पुर्व उनले नेपाली कांग्रेस गुल्मीकी पार्टी सचिव विष्णुकुमारी सापकोटा र महिला विभाग प्रमुख अमृता देवि कुँवर  लगायतका दिदी वहिनीहरु संग तस्वीर खिचाईन । त्यस पछि तिज गितमा झुम्न थालेकी उनि नृत्यमा आकषर्णको केन्द्र बनेकी थिईन । विवाहको पहिलो वर्षको तिज गित कार्यक्रम उनका लागि हर्ष–उल्लासपुर्ण हुनु स्वभाविकै हो ।

शुक्रवार  नेपाल महिला संघ , रेसुङ्गा नगर समितिले पार्टी कार्यालय विपी स्मृति भवनमा राखेको  दरखाने कार्यक्रमको कुरा थियो त्यो । संघको ७१ औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा पन्थी सापकोटा झुमी सके पछि अरु दुई वटी महिला आएर उनलाई पनि टक्कर दिने गरी झुम्न थाले ।

कांग्रेस निकट महिलाहरु केहि  वर्ष अघि सम्म निकै भड्किलो पहिरनमा देखिन्थे तर हिजो त्यस कार्यक्रममा आम महिलाहरु कै पहिरन र गहनामा देखिएका थिए ।

पार्टी सभापति भुवनप्रसाद श्रेष्ठद्धारा उद्घाटन भएको कार्यक्रममा सचिवद्धय  खिलध्वज पन्थी र विष्णुकुमारी सापकोटा, कोषाध्यक्ष हरिबहादुर केसी, जिल्ला सदस्थ थम्मन केसी, महिला विभाग प्रमुख कुँवर, नगरसभापति छवि पाण्डे लगायतले आतिथ्यता गदैं  गएराती अवेर सम्म तिज गित नाचको मज्जा लिई रहेका थिए ।

खिर तरकारी अचार पनि  साँझ अवेर सम्म नाच्दै थाक्दै खाँदै गरिरहेका थिए । महिला संघ रेसुङ्गा नगरसभापति  सिता  पाण्डेको अध्यक्षता सम्पन्न कार्यक्रममा सचिव कल्पना रिजाल  पन्थीको सञ्चालन रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली