2026-09-14 03:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

निःशुल्क उपचार

साउन २६, बुटवल, | बुटवलमा सञ्चालित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा एक वर्षको अवधिमा एक हजार १५९ गरीब तथा विपन्न वर्गका बिरामीले निःशुल्क उपचार गराएका छन् । 

आर्थिक वर्ष २०७४÷०७५ मा निःशुल्क सेवाका लागि सरकारबाट प्राप्त सहयोग र अस्पताल आफैँले उपलब्ध गराएको निःशुल्क सेवाबाट बिरामीले सो सुविधा प्राप्त गरेका हुन् । 

निःशुल्क उपचारका लागि मुटु र मिर्गौलाको उपचारमा सरकारले उपलब्ध गराउँदै आएको सहयोग र अस्पतालबाट गरी रु छ करोड ९९ लाख ८९ हजार ४०६ बराबरको खर्च ब्यहोरिएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिनुभयो । 

आर्थिक अभावका कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित हुनु नपरोस् भनेर अस्पतालले आर्थिक अवस्था अत्यन्त कमजोर भएका बिरामीलाई निःशुल्क उपचार गर्दै आएकामा ५१६ जनाले सो सुविधा उपभोग गरेका थिए । 

मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवा निःशुल्क उपलब्ध गराउँदै आएकामा सबैभन्दा धेरै ३३१ मिर्गौलाका बिरामीले रु चार करोड, सात लाख ५२ हजार ५०० बराबरको नियमित डायलाइसिस सेवा लिएको अस्पतालले जनाएको छ 

त्यस्तै ३१२ जना मुटुका बिरामीले सरकारले उपलब्ध गराएको निःशुल्क सेवा लिएका छन् । मुटुका बिरामीका लागि रु दुई करोड, २४ लाख ९४ हजार २११ बराबरको निःशुल्क उपचार बापत खर्च गरिएको अस्पतालले जनाएको छ । २०७० सालमा स्थापना भएको उक्त अस्पतालमा मुटुको क्याथल्याब सेवासहित १७ वटा डायलोसिस उपकरण सञ्चालित छन् । 

स्थानीय उद्योगी तथा व्यवसायीको सक्रियतामा गैरनाफामुखीरुपमा सञ्चालनमा आएको सो अस्पतालमा पछिल्लो समय विभिन्न रोटरी क्लबमार्फत रोटरी फाउण्डेसनले सहयोग उपलब्ध गराउँदै आएको छ । 

बुटवलमा विशेषज्ञ सेवासहितको क्लाथल्याब सञ्चालनमा आएपछि मुटुको एन्जीयोग्राम, एन्जीयोप्लाष्ट र पेशमेकर राख्ने कार्यका लागि थोरै भए पनि बुटवल बाहिर जानुपर्ने बाध्यता हटेको अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा समिर गौतमले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले