2026-09-18 09:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

बाढि–पहिरोबाट ओखलढुंगामा करोडौँको क्षेती (फोटो फिचर)

पूर्णप्रसाद न्यौपाने/भदौ १५,
ओखलढुंगा ।
 लगातारको वर्षापछि आएको बाढि–पहिरोबाट ओखलढुंगामा करोडौँको क्षेती भएको छ । केहि
दिनयताको अभिरल वर्षा र वर्षापछिको बाढि–पहिरोबाट करोडौँ मुल्य बराबरको क्षेती भएको हो ।

o11

जिल्लाका
अधिकांश विद्युत आयोजना कामै नलाग्ने भएका छन् । भने सयौँ हेक्टर जमीन बाढिले बगाएको छ । पहिरोसँगै
माम्खा र रुम्जाटारबिचमा रहेको ठोट्ने खोलामा आएको भीषण बाढीले रुम्जाटार–माम्खा सडक जोड्ने पक्की
मोटेरेवल पुलसमेत बगाएको छ । भने सोही खोलामा रहेको एउटा ट्रष्ट र अर्को झोलुंगे पुलसमेत बगाएको छ

खोला किनारमा रहेका दुई वटा विद्युत गृह समेत बगेका छन् । भने अर्को विद्युत आयोजनामा ठुलो
क्षेती पुगेको छ । त्यस्तै ठोट्ने खोलाको बाडिले भदौरे १ मा सञ्चालमा रहेको चिसोपानी पिको हाईड्रोपावर
समेत बगाएको छ । विद्युत गृह र मुहान तथा सिचाँईमा क्षेती पुगेपछि गाँउहरु पूर्णरुपमा अन्धकारमय भएका
छन् ।

badhiparhiro

भने पुल बगाएपछि स्थानियलाई आवात जावतमा समस्या भएको छ । आइतबार रातीको अविरल वर्षापछि
आएको पहिरोमा पुरिएर ओखलढुंगाको माम्खा गाविस ८ खानी गाउँमा एकै घरका दुईजना वेपत्ता भएका छन् ।
उनिहरुको अवस्था अहिले सम्म पत्ता लागेको छैन् ।

वेपत्ता हुनेमा अविरल दाहाल र उहाँकी श्रीमती
हर्कमाया दाहाल रहेको प्रहरीले जनाएको छ । बाढि पहिरोले घर समेत बगाउँदा दाहाल दम्पत्ती वेपत्ता भएका
थिए । बाढीले खोला किनारका सयौं हेक्टर धान रोपिएको खेत समेत बगाएको छ ।

badhiparhiro

जिल्लाभर पहिरोको जोखिम बढेकाले केहिदिन यता
ठुलो विपत् आईपरको भन्दै क्षेतीको विवरण संकलन गर्नेकाम भईरहेको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले
बताउनुभयो । विपत् टारेर टार्न नसकिने भन्दै प्रमुख जिल्ला अधिकारी सुवेदीले उच्च सतर्कता अपनाउन सबै
जिल्लाबासीलाई आग्रह गर्नुभयो । जिल्लाभर पहिरोको जोखिम बढेको र दिनानु दिन ठुलो क्षेती भईरहेको खबरहरु
आईरहेका छन् ।

badhiparhiro

प्रभावित क्षेत्रको स्थलगत निरीक्षण

ओखलढुंगाका प्रमुख जिल्ला अधिरीकारी सहितका सरोकारवालाको टोलीले पहिरो प्रभावित
क्षेत्रको स्थलगत निरीक्षण गरेको छ । प्रमुख जिल्ला अधिकारी यादव सुवेदीको नेतृत्वमा गएको टोलीले माम्खा
र रुम्जाटार बिचमा पर्ने ठोट्ने खोला आसपामा भएको क्षेतीको स्थलगत निरीक्षण गरेको हो ।

1010

निरीक्षण टोलीमा प्रमुख जिल्ला अधिकारी यादव सुवेदी, स्थानिय विकास अधिकारी
सत्रुघ्न प्रसाद पुडासैनी,शमसेरदलगणका गणपती रत्नबहादुर गोदार, जिल्ला प्रहरी प्रमुख दिपेन्द्र शाह,
जिल्ला प्राविधिक कार्यालयका प्रमुख माधव भटराई,जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख
कमलराज श्रेष्ठ, रेडक्रस सभापत्ती मोहन श्रेष्ठ लगाएतका कार्यालय प्रमुख तथा प्रतिनिधी, राजनैतीक दलका
प्रतीनीधी, सञ्चारकर्मी, सुरक्षाकर्मी लगाएतको सहभागिता रहेको थियो ।

badhiparhiro

स्थलगत निरीक्षणका क्रममा प्रमुख जिल्ला
अधिकारी यादव सुवेदीले राज्यका तर्फबाट हुने सहयोग उपलब्ध गराउन पहल गर्ने बताउनुभयो । निरीक्षण टोलीलाई
स्थानिय पिडितहरुले तत्कालका समस्या समधान गरिदिन र आवश्यक क्षेतीपुर्ती दिलाउने व्यवस्था मिलाई दिन
आग्रह गरेका छन् ।

विषेश त झोलुङ्गे पुल समेत बगाउँदा विद्यार्थीहरुलाई विद्यालय आवत जावत गर्न
समेत समस्या भएको भन्दै तत्काल व्यवस्थापन मिलाई दिन स्थानिय मुगाधन राईले आग्रह गर्नुभयो । अन्य
स्थानियले आफुहरुको खेती लगाएर जिवीका चलाउने खेतबारी नै बाढिले बगाएको भन्दै क्षेतीपुर्ती दिन माग
गरेका छन् । भने विद्युत गृह सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था मिलाई दिन आग्रह गरेका छन् ।

badhiparhiro

विद्यालय जान समेत नसकेको भन्दै आफुहरुको
समस्या बुझी व्यवस्था मिलाई दिन स्थानिय शिक्षक विद्यार्थीको माग छन् । यसैविच स्थानिय विकास अधिकारी
सत्रुघ्न प्रसाद पुडासैनीले तत्काल वैकल्पीक व्यवस्था कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेर अगाडि
बढ्ने र समस्या समाधान गर्न जिल्ला विकास समितिले सक्दो पहल गर्ने बताउनुभयो । जिल्लाका सबैजसो
जोखिमयूक्त क्षेत्रका स्थानियले सुरक्षीत बास र पिडित तथा प्रभावितहरुले उचित क्षेतीपुर्ती र राहतको माग
गरिरहेका छन् ।

012 o9 o8 o7 o11

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई