Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मुसिकोटले दियो नगर भित्रै अकर्षक रोजगार

By kit 6 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार । साउन–२६, गुल्मी । लामो समय देखि बैदेशिक रोजगारमा बसेर छुट्टिमा दुवईबाट घर आएका  महेश सुनार गाउँ मै दिनको साढे सात  सय  कमाउन सक्ने बातवारण  गुल्मीको मुसिकोट नगरपालिकाले बनाई दिए पछि  त्यहाँ कमाउने करिव ५० हजार तलव हापेर यति वेला डकर्मी काममा लागेका छन ।

मुसिकोट नगरपालिका–३,  त्यसै चुँदरी गाउँका कमल सुनार ऋण खोजेर कि विदेश जाने कि त भारत तिर जाने तर्खरमा थिए ।  उनले भने–‘ यहाँका जनप्रतिनिधीहरुले भने–‘ काम खोज्न किन बाहिर जानु प¥यो यतै डकर्मी सिकर्मी वा तिमीहरुले राजेको तालिम ल्याउँ  बाहिर कमाउने पैसा यहि बसेर कमाईन्छ ।  त्यसको केहि दिन पछि  डकर्मी । सिकर्मीको तालिममा बोलाए । अहिले साईलाबा कान्छाबा र  म सहित हाम्रो गाउँबाट  भुकम्पले भत्केका घर निर्माणमा दैनिक साढे सात सयका दरले महिनाको बिस एक्काईस हजार सम्म   कमाउँछौं , यत्तिको भए पछि  घर चल्ने देखियो । ’

त्यस वडाध्यक्ष कर्णध्वज जिसीका अनुसार त्यस वडामा अहिले राजगारीका अन्य वातवरण पनि सिर्जना गरिदैछ । उनले भने–‘नेपाल रेडक्रश सोसाईटीले पनि त्यहाँका २० जनालाई डकर्मी, सिकर्मी तालिम दिएर स्वरोजगार बनयो ।  गत वर्ष नगरपालिकाले करिव  पाँच सय   जनलाई एक हप्ते सिकर्मी डकर्मी र पलम्वरिङ्ग तालिम दिलायो र भुकम्पले क्षतिग्रस्त घर नगरपालिकाले बनाउने भौतिक पुर्वधारमा लगाउने भएको छ ।’

त्यसका अलवा   कार्यभार सम्हाल्न् साथ त्यस नगरपालिकाले एक वडामा ६ जनाका दरल लेन्थ वर्कर राख्यो  । जसले गर्दा ९ वटा वडामा अति विपन्न परिवार छानेर ५४ जनालाई प्रत्यक्ष रोजगार दिलाईएको छ । उनिहरुले जनही मासिक १२ हजार तलव खान्छन ।  वडा नम्वर ७ का वडाध्यक्ष तथा  आर्थिक विकास समितिका  संयोजक प्रकाश काफ्लेका अनुसार यस चालु आर्थिक वर्षमा डकर्मी, सिकर्मी, वाईरिङ्ग, पलम्वीङ्ग र ड्राईभिङ्ग तालिम करिव हजार जनालाई दिलाउने गरी रकमको ब्यवस्था गरिएको छ ।

नगर भित्र गरिने सवै प्रकारका कामदारहरु बाहिरबाट नल्याउने गरी नगर भित्र जनशक्ति विकास गर्ने नगर कार्य समितिले अवधारणा बनाएको छ । आगमी पाँच वर्ष भित्रमा रोजगारीका लागि कोही  बाहिरिन नपरोस भन्ने लक्ष्यका साथ आफुहरु अगाडी बढेको नगर प्रमुख सोमनाथ सापकोटाले बताए ।

उनले कुनै किशान मजदुरहरु बेरोजगार बस्नु परेमा सिधै नगरपालिकामा  निवेदन दिन आए नगरपालिकाले नागरिकको अधिकारका रुपमा उजुरी ठानेर रोजगारी दिईने  प्रतिबद्धता जनाए ।  त्यस्तै किशानका लागि विउँ विजन, मल , तालिम र अनुदानको ब्यवस्था गरिए पछि त्यस नगरले भने झै पाँच वर्ष भित्रमा बैदेशिक रोजगारमा जानेहरुको संख्या कम हुने देखिन्छ । मन्त्री एवं त्यस क्षेत्रका सांसद गोकर्णराज विष्टले स्थानिय तह मै रोजगारीको शुनिश्चिता हुने गरी रकम विनियोजित  निर्वाचन क्षेत्रका सवै स्थानिय तहका जनप्रतिनिधीहरुलाई विशेष आग्रह गर्दै आएको मेयर सापकोटा सहितका जनप्रतिनिधीहरु बताउँछन  ।