२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

जिल्ला कै प्रमुखलाई खोई अंगरक्षक, खोई झण्डा ?

२०७५, २६ श्रावण शनिबार ०७:२६

प्रेम सुनार । साउन–२६, गुल्मी । स्थानिय तहको निर्वाचन पछि वरियताक्रममा जिल्ला समन्व्य समितिका प्रमुखहरु  बरियता क्रममा जिल्लाका  सवै भन्दा प्रमुख ओहदाका  ब्याक्ति मानिन्छन ।  त्यस पछि सिडियो मानिन्छन् ।  उनिहरु दुवै जना कुनै कार्यक्रममा पुग्दा आफु भन्दा कनिष्ट मानिने सिडियो झण्डा फर्फराउँदै र गार्र्ड अगाडी पछाडी लगाउँदै पुगेका हुन्छन ।

तर जिल्ला कै  प्रमुखलाई एउटा गार्ड समेत दिईएको  देखिदैन् । जिल्ला पञ्चायत र पछि जिल्ला विकास समिति सम्मको अवस्था के थियो त ? भनेर हामीले गुल्मीका पुर्व जिल्ला विकास समितिका सभापति चन्द्र केसी संग सोधेका थियौं ।

उनले भने–‘ उति वेलै देखि पोर्टकल मिलाएनन । सिडियोलाई गाडीमा झण्डा रखाए, गार्ड दिए हामीलाई दिएनन । हामी त्यति वेला अधिकार सम्पन्न जिल्लाको प्रमुख भई सके पछि हामीले पनि गार्डा र झण्डा राख्न पाउनु पर्छ भनेर माग गरेका थियौं, सुनुवाई भएन । अहिले खै ब्यवस्था गरेका छन, थाह छैन् । ’

कानुनका विद्यार्थी समेत रहेका केसीले थपे–‘संघिय प्रणालीमा चार तहको संघियता हुन्छ  । एउटा राजनैतिक संघियता हो जुन निर्वाचन गराएर सफल भयो । दोश्रो संवैधानिक संघिता हो , जुन  संकट र जटिल अवस्थामा छ ।

तेश्रो वित्तिय संघियता, त्यो पनि सक्रमण अवस्थामा छ । चौथो हो प्रशासनिक संघियता त्यो झनै गाह्रो अवस्थामा रहेको छ ।’

केसीले वरियताक्रममा जिल्लाको प्रमुख  भएकोले त्यस्तो ब्यवस्था गरिनु पर्नेमा जोड दिए । जिल्लाका विध्वान पुर्व क्याम्स प्रमुख शशी पन्थीले संघिय सरकारले यस्तो विषयमा नियम कानुन संशोधन गरेर जिल्लाको प्रमुखलाई  त्यस्तो ब्यवस्था हुनु पर्ने धारण राखे ।  

प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले हाल सम्म समन्व्य समितिका प्रमुखलाई गार्ड उपलब्ध गराउने विषयमा केहि कुरा नआएको बताए । उनले भने –‘ सुरक्षा संवेदनशिलतालाई ध्यानमा राख्दै  मागेमा दिन सकिन्छ । तर त्यस्तो कुरा उठेकै छैन ।’

समन्व्य समितिका प्रमुख लक्ष्मण पराजुलीले यो विषय उठान नौलो भएको बताए ।‘ यो  विषय नौलो र ठिक हो तर अहिले सम्म यसवारे ऐन कानुन कतै केहि वोलेको छैन । अहिले सम्म आफुहरुलाई निवास मात्र उपलब्ध गराईएको छ तर खान  र अन्य ब्यवस्था हामी आफ्नै खर्चले थेक्दै आएका छौं –उनले भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी