2026-10-27 11:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

घरेलु मदिरा पिउँदै पनि फाल्दै पनि: एक टिप्पणी

प्रेम सुनार । साउन–२७, गुल्मी। समुदाय र संस्कार, आ–आफ्ना देशका परम्परा, उत्पादन र परिकार संरक्षण गरिनु पर्छ भनिन्छ र होमस्टे मार्फत आन्तरिक र बाह्य पर्यटक भित्राउने प्रयास पनि भई रहेको छ । भक्तपुर लगायत राजधानीका विभिन्न शहरहरुमा जाँदा  नेवार समुदायको ‘वासा’ जुन घरेलु मदिरा नै हो । पुर्व युवराजद्धय दिपेन्द्र शाह, पारश शाह लगायतले पनि त्यहाँ पुगेर पिउँथे भन्ने समाचार पनि पढिन्थ्यो । अहिले पनि त्यो समुदायको भोज–भतेरमा पुग्दा जुन कोही निम्तालुले पिउने गर्दछन । जसलाई प्रसादका रुपमा पनि लिईन्छ ।

त्यस्तै हिमाल पहाड तराईका जिल्लाहरुमा पनि विभिन्न समुदायले त्यस्तै घरेलु मदिरा पिउने मात्र गर्दैनन परम्परा अनुसार देवतालाई चढाउने समेत गर्दछन ।  साँच्ची भन्ने हो भने परम्परा देखि अहिलेसम्म कुनै समुदाय त्यसमा पनि गरिव विपन्नहरुको आय आर्जनको गतिलो माध्यम भनेको घरेलु मदिरा उत्पादन  बन्दै आएको अर्थात हामी सवैका सामु छर्लङ्ग छ।  कतिले त अन्न बेसाएर, अर्थात अरुकोमा खोजेर , ऋण–धन गरेर त्यस्तो ब्यवसाय गर्ने गर्दछन ।

जसलाई देशको कानुनले अवैध भनेको छ । तर त्यो भन्दा अवैध र मानिसको स्वास्थ्यमा गम्भीर असर  पुराउने कम गुणस्तरको केमिकल युक्त सिल्डप्याक मदिराहरु रहेका छन । त्यसमा कसैको दुई मत नहोला । कुनै समय प्लाष्टिकको पोकोमा शहर देखि गाउँ गाउँसम्म बेचिने त्यसले  त्यसले बैद्यानिकता पायो ।

सस्तो  मुल्य, जहाँ पनि र जति वेला पनि छ्याप्छ्प्ती पाईने । अझ ठुलो संख्यामा त्यसलाई बेच्ने लाईन्स पनि नभएकाहरु । उनिहरु प्रति प्रहरीका नजर पुग्दैन । प्रहरी कार्यालय अगाडी जाँड भट्टीहरु छन । रातको १२ वजेसम्म प्रहरी नै जाँड खाएर बसेको तितो अर्थात सवै सामु छर्लङ्ग छ ।

जहाँ राजनैतिककर्मी, पत्रकार , वकिल, समाजका अगुवाहरु पनि एक आपसमा गफ हाँक्दै पिउँछन । अझ आजकल त अर्गानिक खानको फेशन भन्दा पनि रुची बढेको छ ।  सदरमुकामका तिनै मान्छे छन जसले गाउँबाट कोदो मकाउँछन । तिनपानेको हवला दिदै त्यही घरेलु मदिरा मगाउँ छन , पिउँछन ।

सदरमुकाम देखि  गाउँ गाउँ सम्मका ठुला बडाहरु विदाको दिन वा फुर्शद निकालेर जनजाती वस्तीहरुमा पस्छन । लौ आज त आटो–डिढो खाने , लोकल कुखराको मासु संग लोकल रक्सी पिउने भन्छन । गुल्मी  कुर्घाको स्वाँरामा गुरुङ्ग वस्ती छ । जहाँ होमस्टे सञ्चालन गरिएको छ । त्यहाँ पुग्दा त्यस समुदायले सगुनका रुपमा अतिथीलाई टक्राउने भनेकै  कुखराको भाले र त्यही मदिरा हो ।  

कैयौ राजनैतिककर्मी र अन्य सरोकारवाला निकायका ठुला बडा पुग्छन । पिउने वानी परेकाहरुले चेस्… भन्दै खुलेआम दलानमा बसेर पिउँछन । पिउने बानी नपरेकाहरुले स्वागत  भन्दै समर्थन जनाउँ छन । बढो रमाईलो गर्छन । रक्सी मात्रै होईन , कोदाको भुरे जाँड छ भनेर समेत सोध्छन र पाए खान्छन ।

अब केहि दिन पछि गुल्मी कै हाडहाडेको जनजाती बस्तीमा होमस्टे सञ्चालन गरिदै छ । त्यहाँ पनि अर्गानिक खानका रुपमा  अन्य परिकार झै त्यही घरेलु मदिरा नै सगुन टक्राईदै छ । गोरखाको घलेगाउँमा पुगियो त्यहाँ पनि त्यही घरेलु मदिरा नै खुवाईदो रहेछ । ठुलै बढा भनाउँदाहरु नै लोकल कुखरासंग लोकल रक्सीमा मात्न असाध्धै शौखिन हुँदा रहेछन ।

देशका अन्य होमस्टेहरुमा पनि पुगियो त्यहाँ पनि घरेलु मदिरा सगुन कै रुपमा टक्राईदो रहेछ । एकातिर घरेलु उत्पादन बढवा दिने भनिएको छ ।  जहाँ जे उत्पादन र परम्परा , संस्कृति र संस्कार छ त्यसैलाई अर्गानिक भनिन्छ । आदिवासी जनजातीहरुको संस्कार पहिचानका रुपमा रहेको घरेलु मदिरामा आँखा तर्ने र पिउने पनि कुनै एक समुदाय रहेको आरोप पनि लगाउँदै आएका छन  दलित जनजाती समुदायले ।

ति समुदायका आफ्नै संस्कृत र संस्कारमा किन वर्षऔं अघि देखि पटक पटक प्रहार हुँदै आएको छ ? नेवार समुदायको भोज भतेरमा हिजोका राजा महाराज देखि अहिलेका राज्य सञ्चालन कर्ताहरु नै वासा अर्थात घरेलु मदिरा पिउँनेहरुले पिउँदै आएका छन भने राजधानी बाहिरको त्यही घरेलु मदिरा किन अवैध मानिन्छ ? भनेर सवाल उठाउनेहरु पनि छन ।

यसको मतलव खरेलु मदिरा उत्पादनलाई बढवा दिन खोजेको होईन, तितो यथार्थ उजागार गर्न खोजेको हो । सकिन्छ भने सवै भन्दा पहिला कम गुणस्तरको सिल्डप्याक मदिरा नियन्त्रण गरौं । विशेष गरी ग्रामिण क्षेत्रमा त्यस्तै मदिराले धेरै मान्छेको ज्यान लिएको छ । घरेलु मदिरा पिउँदै आएका जनजाती समुदायका मानिसहरुलाई हेरौ, हिष्टपुष्ट र राता पिराउँदा र बुढेशकाल लागे पनि ठिटा जस्ता देखिने उनै छन ।

विहानमा एक बटुको जाँडा खाएर दाउरा घाँस जाने उनिहरु १२ वजेसम्म खान नखाए पनि भोकाउँदैनन । नितान्त आफ्नै हातले उत्पादन गरेको घरयारी खानपिन हो त्यो । राजधानी जस्तो ठाउँ, छ्याप्छ्याप्ती नेवार समुदायको वासा पाईन्छ । सुरक्षा निकाय देखि सवै खाले मान्छेहरु दिनै रातै पिएर बसेका छन । 

जसलाई देशैभर नियन्त्रण गर्ने हो भने पहिला राजधानीको वासाबाट सुरु गरौं ।  त्यो वासा पनि अन्न्न र मर्चाबाटै उत्पादन भएको घरेलु मदिरा हो भने अन्य हिमाल , पहाड र तराईमा बनाईने पनि त्यसरी नै उत्पादन हुने पेय पदार्थ हो ।  यस घरेलु उत्पादनलाई वैद्यानिक  दिन  सके, ब्यवस्थीत र गुणस्तर मापनको ब्यवस्था मिलाउन सके एकातिर  अन्न उव्जेनी बढ्ने र अर्को तिर घरेलु उद्योग फस्टाउने पनि देखिन्छ ।

हामी हाम्रो परम्परागत उत्पादनलाई निरुसाहित गर्दै  विदेशी उत्पादनलाई प्रोत्साहन गरी रहेका छौं । यस प्रति राज्यको नीति निर्माणकर्ताहरुले विश्लेषण गरेर नयाँ अवधारणा ल्याउने कि ? गजवको कुरा त के छ भने आफ्नै गेड अगाडीको घरेलु मदिरा पसलमा छ्याप्छ्प्ती घरेलु मदिरा बेचिरहेको देख्ने तिनै प्रहरीले अलिपर गएर छापा मार्छ ।

त्यो पनि सधै होईन ।  प्राय धेरै जसो जुन सुकै जिल्लामा नयाँ प्रहरी प्रमुख आउने ताका ।  यो पंक्तिकारको झुटा  आरोप पनि हो जस्तो  लाग्ला । तर ख्याल गर्नु होला प्राय हरेक जिल्लामा त्यस्तै हुने गरेको छ । त्यस्तो छापा त्यहाँ मारिन्छ जहाँ झुपडीवाला छन । ठुला घरानमा प्रहरीको ध्यान प्राय गएको देखिन्न । छापा मार्ने भए सवै तिर मारौं र सधै मारौं तर प्रहरी प्रमुखका आगमन ताका मार्नु भनेको नयाँ जोगीले धेरै खरानी ध्वस्नु  जस्तै हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला