2026-09-18 08:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

अपराधीक घटनारोक्न ओखलखढुंगा प्रहरीको ग्रामीण गस्ति तिव्र

पूर्णप्रसाद
न्यौपाने/ भदौ २०, ओखलढुंगा ।
  जिल्लामा अपराधीक घटनाहरु बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय
ओखलखढुंगाले ग्रामीण गस्ति तिव्र पारेको छ । पछिल्लो समय जिल्लाका केहि स्थानमा अपधारीक घटनाहरु घटेसँगै
त्यस्ता घटना निर्मूल पार्दै समाजमा शान्ति सुरक्षा र अपनचयन कायम गर्ने उद्धेश्यले प्रहरीले ग्रामिण
गस्तिलाई तिव्र बनाएको हो ।

संविधान निर्माणको विषलाई भईरहेका
आन्दोलन,बनद हड्ताल र चाडपर्वसँगै लाग्ने मेला,जात्रा लगाएतका समयमा अप्रीय घटना हुन नदिन गस्तिलाई
तिव्रबनाईएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहले बताउनुभयो । ‘जनशक्ती थोरै
भएपनि जनताका टोल,टोलमा पुगेर गस्ति गरेर शान्तिसुरक्षाको पूर्ण प्रत्याभुती दिलाउने प्रयास गरिरहेका
छौँ’ शाहले भन्नुभयो ‘घटना घटेपछि पक्राउ गर्ने र कारबाहि गर्ने मात्र होईन, समाजमा मेलमिलापको वातावरण
सिर्जना गर्नुपनि हाम्रो कर्तव्य हो ।’ प्रहरी सेवालाई समयानुकुल परिवर्तीत र गुणस्तरीय बनाउनु पर्ने
उहाँको भनाई छ ।

जिल्लाका सबैजसो प्रहरी युनिटहरुलाई पनि आ
आफ्नो कार्यक्षेत्रमा पर्ने गाविसहरुमा ग्रामिण गस्ति गरेर स्थानिय सर्वसाधारण तथा सरोकारवालाहरुसँग
मिलेर जनतालाई शान्तिसुरक्षाको पूर्णप्रत्याभुत गराउनेगरी काम गर्न निर्देशन दिईएको जिल्ला प्रहरी
कार्यालय ओखलढुंगाले जनाएको छ ।

यसैविच अन्तराष्ट्रिय मावन वेच
विखन विरुद्धको दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालयले ग्रामिण क्षेत्रमा चेतनामुलक कार्यक्रम आयोजना
गरिरहेको छ । शनिवार जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको आयोजनामा मानेभन्ज्यागँ गाविस वडा नं ४ स्थित
मानेभन्ज्यागँ युवा क्लवको प्रागणमा चेलीबेटी बेचविखन सम्बन्धि १ दिने अन्तक्रिया कार्यक्रम सम्पन्न
भएको छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहको प्रमुख अतिथ्यतामा भएको
कार्यक्रममा थानिय भद्रभलादमि, वुद्धिजिवि, समाजसेवी, महिलासंन्जाल, आमा समुह, स्वास्थ्य
स्वयमसेविका,विधार्थी एवं विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा “चेलिबेटी बेचबिखनका घटना हुनबाट बच्ने उपाय र न्युनिकरण का उपायहरुका बारेका स्थानियलाई
जानकारी गराईउको थियो ।

घर गाँउ बाहिर जाँदा तथा परिवारका
सदस्यलाई पठाउँदा अरुको लहै लहैमा नलागी राम्रो संग बुझेर मात्र निर्णय गर्न र विवाह गराउंदा समेत बुझेर
निर्णय लिन भन्दै कुनै लोभ लालचमा नफस्न र लोभ देखाउने व्यक्ती संकास्पद लागे नजिकको प्रहरीलाई खबर गर्न
समेत जिल्ला प्रहरी कार्यालयले सबै जिल्लाबासीलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई