2026-11-01 09:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

अपराधीक घटनारोक्न ओखलखढुंगा प्रहरीको ग्रामीण गस्ति तिव्र

पूर्णप्रसाद
न्यौपाने/ भदौ २०, ओखलढुंगा ।
  जिल्लामा अपराधीक घटनाहरु बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय
ओखलखढुंगाले ग्रामीण गस्ति तिव्र पारेको छ । पछिल्लो समय जिल्लाका केहि स्थानमा अपधारीक घटनाहरु घटेसँगै
त्यस्ता घटना निर्मूल पार्दै समाजमा शान्ति सुरक्षा र अपनचयन कायम गर्ने उद्धेश्यले प्रहरीले ग्रामिण
गस्तिलाई तिव्र बनाएको हो ।

संविधान निर्माणको विषलाई भईरहेका
आन्दोलन,बनद हड्ताल र चाडपर्वसँगै लाग्ने मेला,जात्रा लगाएतका समयमा अप्रीय घटना हुन नदिन गस्तिलाई
तिव्रबनाईएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहले बताउनुभयो । ‘जनशक्ती थोरै
भएपनि जनताका टोल,टोलमा पुगेर गस्ति गरेर शान्तिसुरक्षाको पूर्ण प्रत्याभुती दिलाउने प्रयास गरिरहेका
छौँ’ शाहले भन्नुभयो ‘घटना घटेपछि पक्राउ गर्ने र कारबाहि गर्ने मात्र होईन, समाजमा मेलमिलापको वातावरण
सिर्जना गर्नुपनि हाम्रो कर्तव्य हो ।’ प्रहरी सेवालाई समयानुकुल परिवर्तीत र गुणस्तरीय बनाउनु पर्ने
उहाँको भनाई छ ।

जिल्लाका सबैजसो प्रहरी युनिटहरुलाई पनि आ
आफ्नो कार्यक्षेत्रमा पर्ने गाविसहरुमा ग्रामिण गस्ति गरेर स्थानिय सर्वसाधारण तथा सरोकारवालाहरुसँग
मिलेर जनतालाई शान्तिसुरक्षाको पूर्णप्रत्याभुत गराउनेगरी काम गर्न निर्देशन दिईएको जिल्ला प्रहरी
कार्यालय ओखलढुंगाले जनाएको छ ।

यसैविच अन्तराष्ट्रिय मावन वेच
विखन विरुद्धको दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालयले ग्रामिण क्षेत्रमा चेतनामुलक कार्यक्रम आयोजना
गरिरहेको छ । शनिवार जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको आयोजनामा मानेभन्ज्यागँ गाविस वडा नं ४ स्थित
मानेभन्ज्यागँ युवा क्लवको प्रागणमा चेलीबेटी बेचविखन सम्बन्धि १ दिने अन्तक्रिया कार्यक्रम सम्पन्न
भएको छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहको प्रमुख अतिथ्यतामा भएको
कार्यक्रममा थानिय भद्रभलादमि, वुद्धिजिवि, समाजसेवी, महिलासंन्जाल, आमा समुह, स्वास्थ्य
स्वयमसेविका,विधार्थी एवं विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा “चेलिबेटी बेचबिखनका घटना हुनबाट बच्ने उपाय र न्युनिकरण का उपायहरुका बारेका स्थानियलाई
जानकारी गराईउको थियो ।

घर गाँउ बाहिर जाँदा तथा परिवारका
सदस्यलाई पठाउँदा अरुको लहै लहैमा नलागी राम्रो संग बुझेर मात्र निर्णय गर्न र विवाह गराउंदा समेत बुझेर
निर्णय लिन भन्दै कुनै लोभ लालचमा नफस्न र लोभ देखाउने व्यक्ती संकास्पद लागे नजिकको प्रहरीलाई खबर गर्न
समेत जिल्ला प्रहरी कार्यालयले सबै जिल्लाबासीलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द