2026-09-14 03:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

राससलाई प्रादेशिक ढाँचामा लैजान सकिन्छ: मुख्यमन्त्री

साउन २८, बुटवल | प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले राष्ट्रिय समाचार समिति (रासस) लाई प्रादेशिक ढाँचामा बदल्न आग्रह गर्नुभएको छ । 

बुटवलमा मुख्यमन्त्री पोखरेलसँग आज राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’को नेतृत्वमा गएको टोलीसँगको छलफलमा उहाँले प्रादेशिक बुलेटिन प्रकाशनको अवधारणा प्रशंसनीय भएको बताउनुभयो । 

उहाँले भन्नुभयो– “प्रदेशको आफ्नो मिडिया छैन त्यसैले प्रादेशिक मिडिया इन्ष्टिच्युट खडा गर्न पनि सकिन्छ ।” उहाँले राससले समाचारको पनि स्रोत हुने क्षमता प्रदर्शन गर्नुपर्नेमा जोड दिँदै बाध्यताले होइन स्वभाविक तवरले राससको अपनत्व महसुस हुन सक्नुपर्ने उल्लेख गर्नुभयो । 

मुख्यमन्त्री पोखरेलले राससले सङ्घीय र प्रदेशसभा तथा स्थानीय तहका सबै सूचना सम्प्रेषणको जिम्मेवारी लिन सक्ने बताउँदै प्रादेशिक मनोविज्ञानलाई आत्मसात् गर्न सक्नुपर्ने विचार व्यक्त गर्नुभयो । 

राससका अध्यक्ष श्यामलले राससको कानूनी र संरचनागत रुपान्तरण गर्दै सङ्घ, प्रदेश र स्थानीय तहका विषयलाई जनताको अपेक्षाअनुसार गुणस्तरीय र विश्वसनीय समाचार सम्प्रेषण गर्ने कार्यलाई तीव्रता दिइएको बताउनुभयो । 

उहाँले राससको प्रादेशिक संरचनाको विकासको लागि प्रदेश सरकारबाट विशेष ध्यान जाने अपेक्षा गर्नुभयो । राससले प्रदेशका सबै सञ्चारमाध्यमका लागि मूल समाचार स्रोतको काम गर्ने तथा मिडिया परिचालनको नेतृत्व गर्न सक्ने भएकाले यस संस्थाप्रति प्रदेशले अपनत्वको भाव दर्शाउनुपर्ने अध्यक्ष श्यामलले बताउनुभयो । सो अवसरमा मुख्यमन्त्री पोखरेललाई अध्यक्ष श्यामलले राससको प्रदेश सेवा र समाचारको प्रभावकारिता सहितको प्रस्ताव हस्तान्तरण गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले