2026-06-29 07:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

दलाल माफीयाहरुको हातबाट शिक्षालय मुक्त गर्नको लागी राज्यको जिम्मेवारी बोध गराउनको लागी सङ्घर्ष गरिने

चैत १६, वामी (गुल्मी) ।  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन क्रान्तिकारी गुल्मीको बैठक सम्पन्न भएको छ । बैठकमा भएका निर्णयहरु प्रेस बिज्ञप्ती मार्फत सार्बजनिक गरिएको छ । नेकपा बिप्लब माओबादी निकट मानिने संगठनको बसेको बैठकले शंकर कुवँरको अध्यक्षतामा १९ सदस्यीय रेसुङ्गा नगर कमिटिको घोषणा गरिएको छ ।

जस्को उपााध्यक्षमा बसन्त सेन, सचिब अनिल अर्याल, कोषाध्यक्षमा रोमन परियार रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा बालकृष्ण खड्का, राजन थापा, अमर फुल्लेल, शैलेश मरासिनी, बिष्णुृ प्रसाद भुषाल, शुसिल पन्थी, मनोज घर्ती लगायत रहनुभएको छ । कमिटिले बिबिध निम्न निर्णयहरु समेत गरिएको छ ।

जस अनुसार रेनपा मा रहेका सबै माबि, उमाबि तथा बहुमुखी क्याम्पसहरुमा आफ्नो संगठन बिस्तारको लागी कमिटि गठन गर्ने तथा केन्द्रिय सदस्यता बितरण गर्ने, देशी बैदिशक दलाल माफीयाहरुको हातबाट शिक्षालय मुक्त गर्दे राज्यको जिम्मेवारी बोध गर्ने समान बैज्ञानिक सिपमुलक ब्यबहारीक, जनवादी शिक्षा प्राप्त गर्ने, निजिकरण ब्यापरीकरण, सेमेस्टर प्रणालीको बिरुद्धको कडा सँ्घर्ष गर्दे छाडा बिकृति, अराजक भ्रस्टचारी, शैक्षिक बिद्यालय, शिक्षक, शिक्षिकाहरु माथी आक्रमक सँघर्ष चलाउने निर्णय गरिएको जिल्ला संयोजक मुक्ति गैरेले जानकारी दिनुभयो ।

त्यसैगरी रेनपा भित्र रहेको सम्पुर्ण बुद्धिजिवि ब्यापारी, कर्मचारी, शैक्षिक संघसंस्था, पत्रकार, राष्ट्रसेबक कर्मचारीहरुलाई यस संगठनको गुल्मी जिल्लाको निकट भबिष्यमा हुन गइरहेको १६ औ जिल्ला सम्मेलन भब्यताका सफल पार्नका लागी आर्थिक, नैतिक भोतिक सहयोग गर्न अपिल समेत गरिएको छ ।

 

– अनिश शर्मा गैरे बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ