Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ चैत १९ गते, बिहान ७:०६ बजे
गुल्मी - GLM

गुल्मीमा माटोको ढिस्कोले पुरिएर बालककोे मृत्यु

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत १९, गुल्मी । गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक बालककोे मृत्यु भएको छ।

मृत्यु हुनेमा हस्तिचौर–३ निवासी १६ वर्षीय नाम बहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

अम्मरपुर गाविसस्थित बुल्ममा बिहीबार घर पोत्नका लागि माटो खन्ने क्रममा अचानक ढिस्कोले पुरिँदा उनको घटनास्थलमै ज्यान गएको बताइएको छ। उनको शवपरीक्षणका लागि गएराति जिल्ला अस्पताल तम्घासमा ल्याई पुर्याइएको छ।