२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

धुर्कोटवासी काकाकुल थिए, उनिहरुकै अहिले घर–घरमा धारा

२०७५, २८ श्रावण सोमबार १६:५६

प्रेम सुनार | साउन २८, गुल्मी । यस जिल्लामा साविकको खज्र्याङ्ग गाविस पछि सदियौं देखि  पानी नभएको सुख्खा डाँडा भएको दोश्रो गाउँ धुर्कोट । कतै  खानेपानीको हाँहकार भए भन्ने गरिन्थ्यो खज्र्याङ्ग र धुर्कोटे जस्तै काकाकुलमा परिने त होईन ? अहिले त्यही खज्र्याङ्ग र धुर्कोटका वासीन्दाहरु लिफ्टीङ्ग  सिस्टम खानेपानी योजनाहरुले तल मुहानको पानी माथी सुख्खा डाँडामा खसाई दिए पछि घर घरमा धाराको पानी सुविधा प्राप्त गर्दै जान थालेका छन ।

स्थानिय निर्वाचनमा एक घर एक धारा पुराउने चुनावी नारा पुराउन धुर्कोट गाउँपालिकाले गत वर्ष देखि नै सो अभियानलाई मुर्त रुपम दिन थाल्यो । फलस्वरुप धुर्कोरजस्थल–७ वाग्लामा गत वर्ष माछेव्याड लिफ्ट सिस्टम खानेपानी योजना सम्पन्न भए गरिए पछि अहिले त्यहाँका ति सुख्खा डाँडावासीको घर घरमा धारा पुगेको छ ।

नेपाल सरकार, फिनल्याण्ड सरकार र गाउँपालिकाको सहयोगमा संचालन भएका खानेपानी तथा सरसफाई योजनाहरु मध्ये   त्यो योजना पनि एक हो । त्यस गाउँपालिका खानेपानी सरसफाई तथा स्वच्छता ईकाई ( वासं) का संयोजक छविलाल बिश्वकर्माका अनुसार त्यस योजनाबाट त्यहाँका १ सय २४  परिवारको घर घरमा धारा पुगेको छ ।

त्यस्तै वडा नम्वर–३ को अर्को सुख्खा डाँडो हाडहाडेमा पनि लिफ्ट सिस्टम  खानेपानी योजनाको काम तिव्रगतिमा भई रहेको छ ।  त्यस घोष बर्दवास खानेपानी तथा सरसफाई योजना बाट यसै वर्ष १ सय ३३ घरधुरीलाई खानेपानी पुराउने लक्ष्य लिईएको छ ।

ति दुई वटै योजनामा  नेपाल सरकारबाट ५२ लाख, फिन्ल्याण्ड सरकारबाट २५ लाख ९३ हजार , धुर्कोट गाउँपालिकाबाट ३० लाख ८५ हजार ६ सय ४४ र जनश्रमदान सहित  १ करोड १० लाख गत वर्ष छुट्टाईएको त्यस  गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लोकहरी थापाले जानकारी दिए ।

एनका अनुसार यस चालु आर्थिक वर्षमा पनि थप खानेपानी योजनाका लागि १ करोड १० लाख ४३ हजार विनियोजन गरिएको छ । वास संयोजक बिश्वकर्माका अनुसार गत वर्ष धुर्कोटका कुल  २ सय ५७ घरधुरीलाई स्वच्छ पिउने पानी उपलब्ध गराउने काम सम्पन्न गरिएको छ ।

तस्वीरमा: ‘धुर्कोट गाउँपालिकाको शान, पुर्ण सरसफाई हाम्रो अभियान’ भन्ने नारा लेखिएको टिशर्टमा सजिदै त्यहाँका जनप्रतिनिधी र कर्मचारीहरु | 

गाउँपालिकामा १ संस्थागत शौचालयको निर्माण कार्य सम्पन्न भई  प्रयोग भइ रहेको छ । गाउँपालिकाको सहयोगमा ७ वटा वडाहरुमा गरी  फोहर मलाई १ सय ८० थान वाल्टीहरु वितरण गरिएको छ ।

सरसफाईका लागि विद्यालय स्तरको अभिमुखिकरण, चरणवद्ध तालिमहरु, टोल अभिमुखिकरण,वडा स्तरका तालिमहरु सम्पन्न भएका छन् । साथै पूर्ण सरसफाईका सूचकहरु पुरा गरेका ७ सय ९८ घरधुरीहरुमा हरियो स्टीकर टाँस गर्ने कार्य पनि  सम्पन्न भएको छ ।

खुल्ला दिसामुक्त घोषणा भएर पनि केही घरधुरीमा शौचालय निर्माण गर्न बाँकी रहेको अवस्था देखिएकोमा शौचालय निर्माण पनि गरिएको छ । सरसफाईका थप क्रियाकलापहरु समुदायमा संचालन गर्न अझै आवश्यक देखिएको संयोजक बिश्वकर्मा बताउँछन ।

गाउँपालिका उपप्रमुख शिवबहादुर खत्रीका भन्छन–‘ तल मुहान माथी बस्ती भए पछि आफुहरु डेढ देखि दुई घण्टाको उकालो आरोलो गर्दै पानी पिउन बाध्य थियौं , पहिलो समस्या खानेपानीको समधान हामीले जिते पछि गर्छौ भनेर भोट माग्ने बेला जनता संग भनेका थियौं जुन पुरा गर्नमा आफुहरु लागि परेका छौं ।

गाउँपालिका प्रमुख भुपाल पोखरेल भन्छन –‘ सरसफाईले मानिसलाई स्वास्थ्य राख्छ त्यसका लागि हामीले सरसफाई कार्यक्रम र जनचेतनालाई पनि हामीले महत्वपुर्ण कार्यहरु मध्ये एक ठानेर अगाडी बढेका छौं, मदिरा नियन्त्रणको अभियानले गत वर्ष  वस्तु प्रहरीको तत्थ्याङक हेर्दा ६० प्रतिशत झै झगडाका उजुरी कम भएको पायौं ।

धुर्कोट उपस्वास्थ्य केन्द्रमा आधुनिक प्रविधिहरु  जनतालाई  जिल्ला अस्पतालमा दिने सेवा यहि बाटै दिन सफल भएका छौं ।  ‘नो होम डेलिभरी’ अर्थात घरमा सुत्केरी हुन पाईने अनिवार्य अस्पताल मै , जसले गर्दा सुरक्षित प्रशुती र मातृत्व सेवा पाएका छन । एक घर एक धार अभियान आफुहरुले बोलेको पाँच वर्ष भित्र पुरा गरेरै देखाउने छौं । ’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी