2026-10-27 11:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

छोराको परिक्षा बिग्रने डरले बाबुको मृत्यु हुँदा समेत ढाँटियो

प्रेम सुनार। साउन–२९, गुल्मी। गुल्मीमा मंगलवार विहान अहिले चलिरहेको एसईई पुरक परिक्षा केन्द्रको गेट भित्र छोरालाई पुराएर बाईबाईको हात हल्लाएका बाबु उति खेरै ढलेर सधैका लागि बिदा भएका छन ।

सदरमुकाम तम्घासको रेसुङ्गा माध्यामिक विद्यालयको परिक्षा केन्द्रमा छोरा कृष्पन श्रेष्ठलाई पुराएर फर्किने क्रममा उति खेरै भुईमा ढलेका रुरु गाउँपालिका वडा नम्वर–१, रिडी बजारका ५५ बर्षिय कृष्णमान श्रेष्ठ हृदयघातका कारण सधैका लागि यो संसारबाट बिदा भएका हुन ।

उनि गत चार दिनदेखि छोरालाई परिक्षा दिन तम्घास आएका थिए । छोरालाई परिक्षा केन्द्रमा पुराउनु अघिसम्म तम्घास वालमन्दिर लाईनमा रहेका उनका आफन्त गणेश श्रेष्ठ लगायतसंग बसेर चिया पिउँदै भलाकुसरी गर्दै थिए श्रेष्ठले । नेपाल कम्युनिष्ट पार्टी रुरु–१, वडा कमिटीका सदस्य थिए ।

उनको शव अब केहि वेरपछि सदरमुकाममा रहेका कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुले उनको घरमा लगेर रिडीमा अन्त्यिष्टि गर्न जान लागेको साविक एमालेको युवा संघ नेपालका पुर्व अध्यक्ष कृष्णप्रसाद भण्डारीले जानकारी दिए  । छोरालाई परिक्षा नसकिने बेलासम्म जानकारी दिईएको थिएन । परिक्षा सकिए लगत्तै बाबु विरामी परेर पाल्पा लगिएको छ भनेर ढाँड्दै लगिएको भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला