2026-09-19 01:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

निशान हत्या प्रकरण: ३ आमालाई पुत्र वियोग

साउन २९, भक्तपुर | यही साउन २० गते काठमाडौँ महानगरपालिका–३२ काँडाघारीबाट भएको अपहरण एवं हत्याकाण्डमा तीन आमा पुत्र वियोगमा परेका छन् । 

काँडाघारीबाट ११ वर्षीय निशान खड्काको अपहरण र हत्यापछि प्रहरीको इन्काउण्टरमा मारिएका अपहरणकारीको आमाहरुको अवस्था पनि निशानकी आमा चमेली खड्काको जस्तै बनेको छ । नुवाकोट समरीका २४ वर्षीय अजय तामाङको ५३ वर्षीया आमा कासाङ लामा छोराको वियोगले शोकमा हुनुहुन्छ । उहाँ मात्रै होइन ६ वर्षअघि मात्रै विवाह गरेकी २३ वर्षीया श्रीमती रजनी तामाङको अवस्था झन् नाजुक छ । साढे तीन वर्षकी छोरी सजनीले अब कहिल्यै बाबा भन्न नपाउने भएकी छिन् । 

अजयकी आमा कासाङ भन्नुहुन्छ, “मेरो छोरा अपराधी नै भए पनि नमारिदिएको भए हुन्थ्यो, ऊ मारिँदा मैले मात्रै छोरा गुमाइनँ, मेरी बुहारीले लोग्ने गुमाई, सानी नातिनीले आफ्नै बाबु गुमाई, उसलाई जति भए पनि सजाय दिएको भए हुन्थ्यो, जेलमै भए पनि छोरा बाँचेको छ त भन्न पाइन्थ्यो ।” “अपराधी नै भए पनि आमाबुबाका लागि छोरा प्यारो नै हुन्छ”, अजयका बाबु निमाले भन्नुभयो, “छोराको लास ल्याएर दाहसंस्कार सकियो तर अजयकी आमा र श्रीमतीलाई सम्झाउन सकिएन, यी दुईको पीडा हेरेर मलाई पनि बाँच्न गाह्रो भो ।” 

विदेशमा बस्दा पनि राम्रोसँग कमाई गर्न नसकेका र काठमाडौँमा पनि राम्रो कमाई भएन भनेर घरमा भन्ने गरेको बताउँदै उहाँले बेलाबेलामा आठ–दश हजार रुपैयाँ पठाउने गरेको बताउनुहुन्छ । “हामीलाई त उसको कमाईको कुनै मतलब थिएन, उसको श्रीमती र छोरीलाई पुगे भइहाल्थ्यो, अब त त्यो पनि सकियो, बुहारीलाई खै कसरी सम्झाउनु,” निमा भन्नुहुन्छ । 

वैदेशिक रोजगारीमा इराक र मलेशियामा बस्दा भेट भएका सिन्धुपाल्चोक मासखर्कका २३ वर्षीय गोपाल तामाङसँगको सल्लाहले नै काठमाडाँैमा गएर घरमा रङ्ग लगाउने काम गर्न थालेको उहाँको भनाइ छ । 

बालक निशानको अपहरण र हत्या घटनामै प्रहरी इन्काउण्टरमा मारिएका अजयको साथी गोपालको आमाको अवस्था पनि उस्तै छ । इन्काउण्टरमा छोरा मारिएको नौ दिन बितिसक्दा पनि गोपालकी आमा छिन्डोमा तामाङको आँखा ओभाएको छैन । कक्षा ८ मै पढाइ छाडेर दुई पटक इराक, एक पटक दुबई र मेलेशिया बसेर आए पनि सन्तोषजनक रुपमा पैसा कमाउन नसके पनि घर खर्च धान्ने तथा भाइबहिनीलाई पढाउने गोपाल नै भएको उहाँ बताउनुहुन्छ । 

“भाइबहिनी हुर्केपछि बिहे गर्छु, अहिले कमाएको पैसा मेरो उपचारमै सकिन्छ भन्थ्यो, बेलाबेलामा घरमा आमा भन्दै आइपुग्थ्यो, ल्याएको आठ दश हजार पैसा छाडेर जान्थ्यो, शुक्रबार कि शनिबार सधैँ घरमा फोन गथ्र्यो”, आमा छिन्डोमा भन्नुहुन्छ, “मेरो छोरा भाग्नै खोजेको भए पनि घुँडामुनि गोली हानेर समातेको भए हुन्थ्यो, नमारेको भए हुन्थ्यो ।” 

छोरा मारिएको खबर २१ गते पाए पनि विश्वास नलागेर २२ गते टिचिङ अस्पतालमा पुगेर शव हेरेपछि मात्रै आफूलाई विश्वास लागेको बताउने उहाँ गोपालको शव काठमाडौँमा दाहसंस्कार गरेर फर्किए पनि छोरा बिर्सन नसकेको बताउनुहुन्छ । अपहरणमा परी हत्या गरिएका ११ वर्षीय बालक निशान खड्काको आमा चमेलीको अवस्था झन् कारुणिक छ । श्रीमान् गणेश वैदेशिक रोजगारीमा गएपछि काठमाडौँमा दुई छोरी र एक छोराको जिम्मेवारी सम्हाल्दै खाजा पसल सञ्चालन गर्दै आउनुभएकी चमेलीको एक मात्र छोरोको अपहरण पछिको बीभत्स हत्याले उहाँ निकै मर्माहित हुनुभएको छ । 

एकैछिन अगाडिसम्म खाजा खाएर अगाडि नै खेल्दै गरेको छोराको आफ्नै पसलमा आउने नियमति ग्राहक र चिनजानका व्यक्तिले नै एकै छिनमा अपहरण गर्लान् भन्ने भेउसमेत नपाउँदै अपरहण गरी हत्या गरे पछिको पीडा सहन उहाँलाई निकै गाह्रो भएको छ । जतिखेर पनि “मेरो बाबु, मेरो छोरा” भन्दै छोराको सम्झनामा रोइरहने चमेलीका लागि जीवनभर निको नहुने घाउ बन्यो छोराको अपहरण र हत्या । “आमा म एकछिन खेलेर आउँछु है, भन्दै खेल्न गएको छोरा फर्कंदैन भन्ने के थाहा थियो र ?, मेरो बाबु म कसरी बिर्सनु ।” उहाँको पीडा उत्तिकै झल्कन्छ । अपहरण गरेपनि सँगै खेलेको, खाएको त्यो बालकलाई अपराधीहरुले नमारिदिएको भए पनि हुन्थ्यो नि भन्ने चमेलीको अवस्था निकै कारुणिक बनेको छ । लोभ, लालच र अपराधी मानसिकताले जन्मिएको बालक अपहरण र हत्या घटनाले अन्तत ः तीनवटी आमालाई सधैँका लागि पीडा दिएर गएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई