पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>साउन </b><b>३०, </b><b>चौतारा | </b>सिन्धुपाल्चोकको बलेखी खोला ए जलविद्युत् आयोजनाको टिपर आज बिहान ११ बजे नदीमा खसेर दुर्घटना हुँदा चालक बेपत्ता भएका छन् । </p><p>आयोजनाका अध्यक्ष उमेश कसजुका अनुसार वा ४ ख ९५८० नंका चालक जुगल गाउँपालिका–३ गुम्बा निवासी ३५ वर्षीय साङ लामा बेपत्ता भएका हुन् । सुरुङको माटो खोलामा फाल्ने क्रममा सोही गापा–२ गोल्चे भन्ने स्थानमा चिप्लिएर टिपर दुर्घटनामा परेको थियो । रासस</p>

