2026-09-18 08:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

संविधान पारित भएसँगैओखलढुंगाबासी खुशी

okhaldhunga

पूर्णप्रसाद न्यौपाने/भदौ ३१,
ओखलढुंगा ।
संविधानसभाबाट नयाँ संविधान पारित भएपछि ओखलढुंगाका बासिन्दाहरु खुसी भएका छन्

नागरिक आफैंले चुनेका प्रतिनिधीद्वारा संविधान लेख्ने ६५ बर्ष देखिको सपना साकार भएको भन्दै
उनीहरुले खुसी साटासाट गरेका हुन् । जिल्लावासीले आफुहरुले चुनेर पठाएका सभासद्हरुलाई समेत मूख्य सपना
साकार पारिदिएको भन्दै धन्यवाद दिएका छन् ।

जिल्लाका क्रियाशिल राजनीतिक दलहरुले पनि संविधान
पारित भएकोमा खुसी ब्यक्त गदै संविधान जारी हुने दिन असोज ३ गते खुसियाली मनाउन र दीपावली गर्ने तयारी
गरिरहेका छन् । भने उद्योग वाणिज्यसंघ ओखलढुंगाले संविधान पारित भएकोमा खुसी ब्यक्त गदै संविधान जारी
हुने दिन असोज ३ गते साँझ दिपावली गर्न जिल्लाका सबै उद्योगी,व्यापारी,व्यवसायि र आम जिल्लाबासीलाई आवहन
गरेको छ ।

यसैविच ओखलढुंगाका सभाषद्हरुले संविधान जारी भएपछि आफुहरुको सबै ध्यान जिल्लाको विकास
निर्माणमा केन्द्रित हुने बताएका छन् । निर्वाचनका बेला संविधान निर्माण र विकास निर्माणका सवालहरु
उठाएको स्मरण गर्दै सभाषद् यज्ञराज सुनुवारले अब संविधान जारी भएपछि ओखलढुंगालाई सम्वृद्ध बनाउने दिशामा
आफ्नो सबै ध्यान केन्द्रित हुने बताउनुभयो । ‘ हामीले मूख्य दुई निर्माण ‘संविधान निर्माण र विकास
निर्माण’ को जनतामाझ कसम खाएका थियौँ ’ एमाले केन्द्रिय सदस्य समेत रहनुभएका सुनुवारले भन्नुभयो ‘ अवको
हाम्रो सबै ध्यान विकास निर्माणमा केन्द्रित हुनेछ ।’

त्यस्तै अर्का सभाषद् रामहरी खतीवडाले पनि
नेपालीको लामो समयको सपना साकार भएको खुःसी व्यक्त गर्दै संविधान जारी भएपश्चात जिल्लाको विकास
निर्माणमा आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो । ‘मैले जनतासँग पटक पटक खाएका कसमहरु पुरा गर्ने
प्रयास गरिरहेको छु, संविधानका सबै धारा पास हुँदा म निर्वाचन जितेको भन्दा बढि खुशी भएँ,किनकी मैले
मेरा मतदातासँग गरेको बाचा पुरागरेँ’ खतीवडाले भन्नुभयो‘अहिले पनि विकास निर्माणमा केन्द्रित छौँ, अब झन
बढि जोड दिन्छौँ ।’ विद्युत,सडक,खानेपानी,पर्यटन लगाएतको विकासका लागि जिल्लाका सबै सभाषद् र अन्य
सरोकारवाला विच मार्गचित्र बनाएर अगाडी बढ्ने सभाषद्हरुको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई