2026-09-18 08:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा कांग्रेसको चियापान :विकास प्रति दुई सभाषद्को एक मत

पूर्णप्रसाद न्यौपाने, असोज १०, ओखलढुंगा

संविधान निर्माणको खुसीयालीमा नेपाली कांग्रेस ओखलढुंगाले सदरमुकाममा शुभकामना तथा
बधाई आदान प्रदान र चियापान कार्यक्रम गरेको छ । जिल्लाका दुवै प्रत्यक्ष निर्वाचीत सभाषद्हरु रामहरी
खतीवडा र यज्ञराज सुनुवारको विषेश उपस्थितीमा कांग्रेस ओखलढुंगाले शनिवार चियापान कार्यक्रम गरेको हो ।
संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको संविधान २०७२ पारित गरी संविधान जारी भएको सुखद अवसरमा आयोजना
गरिएको कार्यक्रममा उपस्थित भएका हरुले खुसी साटासाट गर्दै आगामी दिनमा पनि ईमान्दार भएर काम गर्न
सभाषद्हरुलाई आग्रह गरेका छन् ।

o1
सम्पन्न कार्यक्रममा जिल्ला स्थित सबै सरकारी तथा गैरसरकारी
कार्यालय संघ संस्थाका प्रमुख तथा प्रतिनिधी विभिन्न राजनैतीक दलका नेता कार्यकर्ता,पत्रकार
सञ्चारकर्मी, महिला,युवा लगाएतको उल्लेख्य सहभागिता रहेको कांग्रेस नेता रुद्र अधिकारीले जानकारी
दिनुभयो । संविधान निर्माणको खुसीयालीमा शुक्रबार एमाले सभाषद्हरुले र शनिवार कांग्रेस पार्टी र
सभाषद्ले चियापान कार्यक्रम आयोजना गरेका हुन् । संविधान निर्माण र विकास निर्माणमा सहकार्य गरेको
देखिएपनि स साना कुरामा जिल्लाका सभाषद्हरु मिल्न नसकेको सरोकारवालाहरुले आशंका गरेपछि सभाषद्हरुले समय
र बाध्यताका कारण त्यस्तो हुन गएको जवाफ दिएका छन् ।

o2

 

कार्यक्रममा बोल्दै सभाषद् रामहरी खतीवडाले
ओखलढुंगेली जनताको साथ र खबरदारी सँगैको चाहाना अनुसार नेपाल र नेपालीका लागि बनाईएको संविधानका विषयमा
अनेक टिप्पणी नगर्न मित्र राष्ट्रहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा अर्का सभाषद् यज्ञराज सुनुवारले
मूख्य तिन दलको एकता र सबै सभाषद्हरुको सकृयताबाट बनेको संविधानले सबै पक्षको भावना समेटेको दावी
गर्नुभयो ।
निकै हर्षीत र उत्साहजनक रुपमा देखापरेका सभाषद्हरुले संविधान निर्माण र अहिले सम्म
आईपुग्दा ओखलढुंगेली जनताको शिर निहुरीने कुनै काम नगरेको भन्दै सँधै साथ र सहयोग अवाश्यक रहेको बताएका
छन् । संविधान निर्माणको काम सकिएको भन्दै जिल्लाबाट निर्वाचीत दुवै सभाषद्ले अब सम्बृद्ध ओखलढुंगाको
निर्माणका लागि अग्रसर हुने प्रतिवद्धता जनाएका छन् । सभाषद् सुनुवारले सबै सभाषद्हरु मिलेर अबको ५ वर्ष
भित्र जिल्लालाई सम्बृद्ध बनाउने घोषणा गर्नुभयो । .

अर्का सभाषद् खतिवडाले पनि आफु कुनै पार्टी
र जातीको मात्रै नभई सबै जनता र सिङ्गो ओखलढुंगाको प्रतीनिधी भएकाले आफुले पनि सँधै सबैसँग सहकार्य गरेर
अघि बढ्ने बताउनुभयो । उहाँले जिल्लाका दुवै पत्यक्ष निर्वाचीत सभाषद्लाई विश्वास सहितको जिम्मेवारी र
साथ दिन आग्रह गर्नुभयो । सभाषद्हरुको प्रतीवद्धता पछि जिल्लाबासी सरोकारवालाहरुले पनि खुसी व्यक्त
गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई