2026-09-19 06:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोकका ४८ प्रतिशत भूकम्पपीडित अझै टहरामा

भदौ ७, चौतारा | भूकम्प गएको ४१ महिना बितिसक्दा पनि अति प्रभावित सिन्धुपाल्चोकमा हालसम्म ५२ प्रतिशतले मात्र नयाँ घरमा बस्न पाएका छन् भने ४८ प्रतिशत पीडित परिवारले अझै पनि टहरोमा नै कष्टकर जीवन बिताइरहेका छन् । 

जिल्लामा कूल लाभग्राही ८६ हजार ९७१ परिवारमध्ये ४४ हजार ७३४ परिवारले मात्र नयाँ घर निर्माण गरी बसिसकेका छन् । ७७ हजार ५८२ परिवारले निर्माण कार्य शुरु गरेका र नौ हजार ३८९ परिवारले अहिलेसम्म घर निर्माण शुरु नै नगरेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका निमित्त प्रमुख इञ्जिनियर टङ्क गौतमले बताउनुभयो । 

उहाँका अनुसार हालसम्म ७६ हजार १७७ परिवारको दोस्रो र ४८ हजार परिवारको तेस्रो किस्ता सिफारिश गरिसकिएको छ । जिल्लामा शुरुको अवस्थामा ७८ हजार ५३७ परिवार लाभग्राहीको सूचीमा थिए । गुनासोमा दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएपछि लाभग्राही सूचीमा पनि वृद्धि भई ८३ हजार ९७१ पुगेको हो । २०७४ मङ्सिर मसान्तसम्म गुनासोमा दर्ता गर्नेको सङ्ख्या २३ हजार ९५८ मध्ये आठ हजार ४३४ परिवारले अनुदान पाउने निर्णय भएको र बाँकीको टुङ्गो लाग्न बाँकी भएको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जानकारी दिएको छ । 

भूकम्पबाट अति प्रभावित १४ जिल्लामध्येको सिन्धुपाल्चोकका विभिन्न स्थानमा बसोबास गर्दै आएको कतिपय परिवारको जमीन पहिरो गएको तथा जमीन भास्सिएर चिरा परी बस्नै नहुने अवस्थाका छन् । अति जोखिममा रहेका ६९३ परिवारमध्ये १५३ परिवारलाई रु दुई लाखका दरले उपयुक्त ठाउँमा घडेरी खरीद गरिएको छ र बाँकीको हकमा चाँडै टुङ्गो लगाइने स्थानीय पूर्वाधार कार्यालयप्रमुख जिल्ला इञ्जिनियर माधवजङ्ग कार्कीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई