पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>भदौ ८, लहान | </b>सप्तरीको छुट्टाछुटै स्थानमा भएको घटनामा दुई जनाको मृत्यु भएको छ । <br></p><p>तिरहुत गाउँपालिका–४ स्थित कमलदह पोखरीमा नुहाउने क्रममा डुबेर स्थानीय देवनारायण यादवको घरमा बस्दै आउनुभएका ७५ वर्षीय इन्द्रमणी राईको मृत्यु भएको थियो । बिहीबार पोखरीमा डुबेर बेपत्ता भएको राईको खोजतलास गर्ने क्रममा साँझ मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । </p><p>यस्तै सदरमुकाम राजविराज नगरपालिका–८ स्थित विश्वेश्वरप्रसाद साहको घरमा डेरा गरी बस्ने एक युवकले भुण्डिएर आत्महत्या गरेका छन् । सप्तरीकै अग्निसाइर कृष्णशवरण गाउँपालिका–५ निवासी लक्ष्मीकान्त मेहताका १९ वर्षीय छोरा अभिषेक मेहताले आफ्नै कोठाको सिलिङको पङ्खामा पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । आत्महत्याको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको बताइएको छ । </p>

