पढ्न करिब 2 मिनेट लाग्छ

प्रेम सुनार । भदौ ७, बुटवल।  पार्टी एकतापछि गुल्मीमा पहिलो पटक नेपाल कम्युष्ट (नेकपा ) का विद्यार्थी सगठनले संयुक्त रुपमा एक कार्यक्रम गरेर एउटै मञ्चमा देखिए ।

विद्यार्थीहरु मात्र होईन नेता र अन्य तहका कार्यकर्ता समेत एउटै मञ्चमा सिङ्गो पार्टीको पक्षमा बोल्दै थिए । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी रेसुङ्गा बहुमुखी क्याम्पस ईकाई कमिटीले आयोजना गरेको कक्षा ११ का नवआन्तुक विद्यार्थीहरुलाई स्वागत तथा दरखाने कार्यक्रमको विगतका दुई विद्यार्थी संगठनले संयुक्त रुपमा आयोजना गरेका हुन ।

विगमा एक अर्का विच आलोचनामा उत्रिने विद्यार्थी संगठनका नेताहरु एक अर्कामा ठोड जोडेर बसीरहेका थिए । पानी आए पछि एउटै छाता मुनी धेरैजना ओतिदै थिए मञ्चका विशेष अतिथी क्याम्पस प्रमुख हरिबहादुर केसी र सहायक क्यम्पस प्रमुख गोविन्द गौतम एउटै छातामा ओतिएको दृश्यले सहकर्मी विच अपनत्व प्रकट भएको देखिन्थ्यो ।

पानी नआउने वेला विद्यार्थीहरुले तिज गितमा नाचेर धमाका नै मच्चाएका थिए । रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसालले उद्घाटन गरेको कार्यक्रममा त्यस क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति श्रीराम महत , पुर्व अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य घनश्याम खरेल, अनेरास्ववियुका जिल्ला संयोजक राजेन्द्र विक्रम कुवरले नेवि संघ र क्याम्प परिवारको खोईरो खनिरहेका थिए ।

त्यस्तै पुर्व क्रान्तिकारी त्यस क्याम्पस ईकाई कमिटीका संयोजक हुमकान्त पोखरेल । स्ववियु सदस्य लक्ष्मी अर्याल, पुर्व क्रान्तिकारी विद्याथी संगठनकी सदस्य विष्णुमाया कुवँर नेवि संघ र क्याम्पस परिवार प्रति ओईरिएका थिए । अनेरास्ववियु क्याम्पस ईकाई कमिटीका अध्यक्ष विमल छन्त्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव रमेश भण्डारीको सञ्चालन रहेको थियो ।