2026-06-16 03:37

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

विद्याकालीकाले बनायो जिल्लामै नमुनाः टिएलसी

Biddhya kalikadevi
okhaldhunga

पूर्णप्रसाद न्यौपाने
। असोज १४, ओखलढुंगा । ओखलढुंगााको माधबपुर स्थीत बिद्याकालीका देबि निमाबिले जिल्लामा नै नमुनाको
अस्थायी शिक्षण केन्द्र निमार्ण गरेको छ । वातावरण संरक्षण शिविर ललितपुर,सहास नेपाल र जिल्ला शिक्षा
कार्यालय ओखलढुंगाको आर्थिक सहयोगमा जिल्लाकै सबै भन्दा राम्रो अस्थाई शिक्षण केन्द्र टिएलसी निमार्ण
गरेको हो ।

टिएलसी निमार्णका लागी २ लाख २ हजार ५ सय रुपैया
सहयोतग भएको तथा सौचालय निमार्णका लागी २ लाख ३० हजार १ सय ८१ रुपैया सहयोग भएको बिद्यालयका
प्रध्यानाअध्यापक होमनाथ बास्तोलाले बताउनु भयो । उक्त रकमबाट ३ ओटा टिएलसी भबन तथा ६ ओटा सौचालय भबन
निमार्ण गरिएको प्रअ बास्तोलाको भनाई छ ।

उक्त शिक्षण केन्द्रको
आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । अहिले सम्म जिल्लाका सबै विद्यालयले निर्माण सम्पन्न गरेका
टिएलसी भन्दा आफ्ना विद्यालयमा निर्माण भएको टिएलसी सबै भन्दा राम्रो रहेको विद्यालयले दावी गरेको छ ।
भने कार्यक्रममा उपस्थित सरोकारवालाहरुले पनि जिल्लाकै नमुना टिएलसी निर्माण भएको भन्दै चर्चा गरेका थिए
। टिएलसी उद्घाटन कार्यक्रमकै अवसरमा भूकम्पको विपत् पछि सहयोग गर्ने संघ संस्था निकायमा आवद्ध
सरोकारवालाहरुलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

Biddhya kalikadevi okhaldhunga 2

कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा जिल्ला शिक्षा अधिकारी बिजय प्रसाद आचार्यले बिपद्को
समयमा पनि शैक्षिक क्षेत्रमा यति धेरै गुणस्तरीयता आउनु सुखद् भएको भन्दै बिद्यालयलाई धन्यवाद दिनुभयो ।
उहाँले बिद्यालयका लागी जिल्ला शिक्षा कार्यलयले जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको प्रतिवद्धता
जनाउनुभयो । कार्यक्रममा सहयोगी हातहरुको समुह सहास नेपालका जिल्ला संयोजक टंक गौतमले विद्यालयको
विकासका लागि कार्यरत शिक्षक,विद्यार्थी र व्यवस्थापन समिति नै बढि जिम्मेवार हुने बताउनुभयो । उहाँले
आफुुले सँधै सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । अर्का अथिती तथा वातावरण संरक्षण शिविरका
प्रतिनिधी दिपेश गुरुङ्ले आफुहरुले उपलब्ध गराएको रकम सहि सदुपयोग गर्दै जिल्लामै नमुना टिएलसी निर्माण
गरेकोमा धन्यवाद दिँदै शैक्षीक विकासको शुभकामना दिनुभयो ।

कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधि,बुद्धिजिबी, पत्रकार,सञ्चारकर्मी,शिक्षक तथा
बिद्यार्थिहरुको सहभागीता रहेको थियो । जिल्लाक धेरै ठाउमा टिएलसी निमार्णमा अनियमितता भएको तथा निमार्ण
भएका टिएलसी निर्माणका नाममा आखाँमा झारो टार्ने काम मात्र भएको भन्ने गुनासाहरु आईरहेको बेला
विद्याकालीकाले भने नमुना टिएलसी निमार्ण गरेको भन्दै सरोकारवालाहरुले चर्चा गरेका छन् । उक्त बिद्यालय
जिल्लाका सबै निमावी मध्येको उत्कृष्ट निमावी पनि हो । उत्कृष्टको सुचीमा रहने योजना सहित शैक्षीक विकास
र गुणस्तर सुधारका लागि प्रयास जारी राखेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते