2026-07-25 05:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

आर्थिक तथा सामाजिक विकासमा सरकार लागिपरेको छ: प्रधानमन्त्री

भदौ ९, भक्तपुर | प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको तीव्रत्तर आर्थिक तथा सामाजिक विकास गर्ने लक्ष्यका साथ सरकार अगाडि बढिरेहको बताउनुभएको छ । 

भक्तपुरको खरिपाटीमा आज मदन भण्डारी एशियाली विद्यालयको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “भावी पुस्तालाई नेपालको तीव्रत्तर आर्थिक, सामाजिक र सांस्कृतिक विकास देखाउने गरी समृद्धिको लक्ष्य हासिल गर्न सरकार सक्रियरुपमा लागि परेको छ ।” 

प्रधानमन्त्री ओलीले समाजवाद उन्मुख कम्युनिष्ट पार्टीको वर्तमान सरकारले दिगो आर्थिक विकासलाई उच्च प्राथमिकतामा राखेको चर्चा गर्दै सुखी नेपाली समृद्ध नेपाल बनाउने कार्य चुनौतीपूर्ण भएपनि नेपाल आफैँमा स्रोत र साधनले सम्पन्न भएकाले यसको समुचित प्रयोग गरिने दृढता व्यक्त गर्नुभयो । 

दुई ठूला छिमेकी राष्ट्रसँगको सन्तुलित सम्बन्ध स्थापित गरी भारत र चीनबाट मेट्रो रेल सञ्चालनमा ल्याइने बताउँदै उहाँले नेपालमा अब द्वन्द्व व्यवस्थापन भइसकेकाले विकास र समृद्धिलाई पूर्णता दिइनेछ भन्नुभयो । 

पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको समृद्धि र आर्थिक विकासको जिम्मेवारी कम्युनिष्ट सरकारको काँधमा आएको उल्लेख गर्दै यसका लागि आउने चुनौतीको सामना गर्दै आफ्नो जिम्मेवारीलाई सरकारले पूरा गर्छ बताउनुभयो । 

मदन भण्डारी एशियाली विश्वविद्यालय स्थापना गर्न यो सरकारले पहल गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । 

नेता वामदेव गौतमले देशमा धेरै अवसर आएकाले यसलाई सरकारले सदुपयोग गर्नुपर्ने बताउनुभयो । 

आजदेखि आगामी २१ दिनसम्म आवासीयरुपमा सञ्चालन हुने कक्षामा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, थाइल्याण्ड, इष्टिमोर्ड, अर्जेन्टिना, ब्राजिल, तान्जिनिया, ट्युनिसिया, मोरेसियो, फिलिसिन्स, दक्षिण अफ्रिकालगायतका ५० जना नागरिकको सहभागिता छ । 

नेता माधवकुमार नेपाल संरक्षक रहेको सो विद्यालयको पहिलो पटक शुरु भएको कक्षामा पहिलो समूहको नाम पुष्पलाल दिइएको छ भने यस प्रकारका कक्षा आगामी दिनमा पनि सञ्चालन हुनेछ । 

अन्तर्राष्ट्रियस्तरको यस विद्यालयमा माक्र्सवाद, लेलिनवाद एवं कम्युनिजमका बारेमा पढाइने छ । पढाइसँगै सामाजिक एवं व्यावहारिक काम कसरी गर्ने भन्नेबारेमा प्रयोगात्मक कक्षासमेत सञ्चालन हुनेछ । 

२१ दिनको प्रशिक्षणमा नेपालबाट नेता माधवकुमार नेपाल, पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, मोदनाथ प्रश्रित, वामदेव गौतम, विष्णु पौडेल, अमेरिकाका क्रिसो क्रुसो, भारतबाट डा विजयप्रसादलगायत विभिन्न देशका कम्युनिजमका विज्ञले प्रशिक्षण दिने कार्यक्रम रहेको संयोजक प्रमेश पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक