2026-06-17 12:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

एच.डि.सी.एसले पायो अन्तराष्ट्रिय अवार्ड

SGS

पूर्णप्रसाद न्यौपाने । असोज १७, ओखलढुंगा । मानव विकास
तथा सामुदायिक सेवा एच.डि.सी.एस ले अन्तराष्ट्रिय अवार्ड पाएको छ । सामाजिक क्षेत्रमा उत्कृष्ट सेवा
गरेको भन्दै अन्तराष्ट्रिय प्रोजेक्ट म्यानेजमेन्ट यशोशेसियन पानामा सम्मेलन वाट एच.डि.सी.एसले
अन्तराष्ट्रिय अवार्ड पाएको हो । अन्तराष्ट्रिय स्तरको पदक तथा प्रमाण पत्र ग्रहण पछि एच.डि.सी.एस.का
डाईरेक्टर डा. तिर्थ वहादुर थापाले संस्थाले ग्रामिण क्षेत्रमा सामुदायिक सेवा र परियोजना विकासमा दिएको
योगदानको सहि मूल्याङ्कन भएको भन्दै खुःसी व्यक्त गर्नुभयो । प्राप्त अवार्ड र उपलब्धीले संस्थालाई थप
जिम्मेवार बनाएको उहाँको भनाई छ ।

माजिक क्षेत्रमा कार्यरत
राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संघ संस्थाहरुको सम्मेलन वाट नेपालमा कार्यरत मानव विकास तथा
सामुदायिक सेवाले कास्य पदक प्राप्त गरेको हो । अन्तराष्ट्रिय प्रोजेक्ट म्यानेजमेन्ट यशोसेसियन पानामा
देशले विश्वभरी रहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुको सम्मेलन गरेको थियो । सामुदायिक
क्षेत्रमा कार्यरत संस्थाहरुको व्यवस्थापन पक्ष नितिनियम ,कार्यशैली,र रणनितिको विषयमा अनुसन्धान गरिएको
थियो । मानव विकास तथा सामुदायिक सेवाले स्वास्थ्य, शिक्षा, सुचना,र विपद व्यवस्थापनमा विगत २० वर्ष
पहिले देखि नेपालका विभिन्न स्थानमा कार्यक्षेत्र बनाएर काम गर्दै आईरहेको छ । ललितपुर जिल्लाको सैंबुमा
मूख्य कार्यालय रहेको संस्थाले शिक्षाको क्षेत्रमा आशा वालविकास सेवा,काठमाडौ अन्तराष्ट्रिय अध्ययन
केन्द्र सञ्चारका क्षेत्रमा आफनो एफ.एम.ओखलढुंगा स्वास्थ्य सेवा क्षेत्रमा लम्जुगं जिल्ला अस्पताल र
चौरजहारी अस्पताल रुकुममा सेवा प्रदान गर्दै आईरहेको छ ।

सेप्टेम्वर २८ देखि ३० अर्थात असोज ११ गते देखि १३ गते सम्म संचालन भएको पानामा विश्व सम्मेलन
वाट एच.डि.सी.एसले सो अवार्ड प्राप्त गरेको हो । ग्रामिण क्षेत्रमा सामुदायिक सेवा र परियोजना विकासमा
एच.डि.सी.एस.ले लिएको व्यवस्थापनको विधि नमुना सावित भएको सम्मेलनमा सहभागीेले वताएका थिए ।
अन्तराष्ट्रिय स्तरको सम्मानले संस्थाको विकास र संस्थाद्धारा गरिने काममा थप प्रभावकारीता ल्याउन मद्धत
पुग्ने एच.डि.सी.एसद्धारा सञ्चालीत आफनो एफ.एम.ओखलढुंगाका संयोजक विजय मानन्धरले बताउनुभयो । सम्मानीत
भएपछि एच.डि.सी.एसमा आवद्ध कर्मचारीहरु पनि खुसी भएका छन् । भने संस्थालाई चौतर्फी शुभकामना र बधाई
प्राप्त भईरहेका छन् । उक्त अवार्ड प्राप्त गर्ने पहिलो देश मोरोकको र दोस्रो पानामा हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ