2026-09-19 06:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोकमा धमाधम विद्यालयका कक्षाकोठाको निर्माण

भदौ १३, चौतारा | गोरखा भूकम्पबाट क्षतिग्रस्त ५२८ विद्यालयका एक हजार ३८० कक्षा कोठाको पुनःनिर्माण कार्य सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा थप एक हजार ३९ कक्षा कोठाको पुनःनिर्माण कार्य सम्पन्न गर्न तीव्रगतिमा काम भइरहेको जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) का प्रमुख कृष्णप्रसाद सुवेदीले बताउनुभयो । 

शिक्षा इकाइले आर्थिक वर्ष २०७३÷७४ मा १०३ विद्यालयको ४६० कक्षा कोठामध्ये १९९ र आर्थिक वर्ष २०७४÷७५ मा १०३ विद्यालयको ४३५ कक्षा कोठामध्ये ३१ सहित २३० कक्षा कोठाको निर्माण कार्य सम्पन्न भएको छ । 

त्यसैगरी ३२२ विद्यालयको साविक जिल्ला शिक्षा कार्यालय र जिल्लामा कार्यरत स्वदेशी तथा विदेशी विभिन्न सङ्घसंस्थासमेतले कूल एक हजार १५० कक्षा कोठाको मर्मत तथा ट्रस्ट निर्माण गरी कक्षा सञ्चालन भएका छन् । 

क्षतिग्रस्त विद्यालयको लागि सम्बन्धित विद्यालयको व्यवस्थापन समितिमार्फत पुनःनिर्माण काम गरिएको छ । शिक्षा इकाइले आव २०७३÷७४ मा रु ५६ करोड २२ लाख ३८ हजार ९०८ र २०७४÷७५ को लागि रु २९ करोड ५२ लाख ४६ हजार ३०७ रुपैया भुक्तान गरिएको छ । 

त्यसैगरी जिल्लाको ३८ विद्यालयको लागि केन्द्रीय आयोजना इकाइ (शिक्षा) मार्फत ठेक्का प्रक्रियाबाट निर्माण काम भइरहेको छ । चालु आव २०७५÷७६ मा ४१ विद्यालयको ११४ कक्षा कोठा निर्माण गर्ने कार्यक्रम रहेपनि हालसम्म छनोटकै चरणमा रहेको छ । त्यसको लागि रु १३ करोड २५ लाख बजेट विनियोजन गरिएको छ । 

आगामी आर्थिक वर्षको लागि प्रत्येक नगरपालिका र गाउँपालिकामा आवश्यक पर्ने कक्षा कोठाको लगत सङ्कलन गरी काम गर्ने नीति लिइएको इकाइ प्रमुख सुवेदीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई