2026-10-27 10:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

घरदेशीको विचलन र प्रदेशीको जलनः गुल्मीमा सम्वन्ध विच्छेदन बढ्यो

प्रेम सुनार | भदौ १४, बुटवल। घरदेशीको विचलन र प्रदेशीको जलनः कारण   थुप्रैका घर बिग्रिन थालेका छन । एउटै जिल्ला गुल्मीको डर लाग्दो तथ्यले यस्तो देखाएको हो ।  गुल्मीमा गत आर्थिक बर्ष ०७४÷०७५ मा १ सय ४७ वटा सम्बन्ध बिच्छेदका मुद्धा जिल्ला अदालत  दर्ता भएको त्यस अदालतले जनाएको छ ।   जस मध्ये  १ सय २८ मुद्धा फर्छयौट भएका छन् । भने १९ जना मुद्धा प्रक्रियामै रहेको जिल्ला अदालतले जानकारी दियो । 

त्यस्तै  आर्थिक बर्ष ०७४÷०७५ मा जवरजस्ती करणीका १७ मुद्धा दर्ता भएका छन् । जसमा एउटा आफ्नै सहोदर दाजुले वहिनी वलात्कार गरेको अभियोग छ । १७ मुद्धामा नौ वटा फर्छयौट भएको जिल्ला अदालतका सुचना अधिकारी समेत रहेका श्रेस्तेदार दुर्गा प्रसाद बस्यालले बताए । उनका अनुसार ८  वटा मुद्धा प्रक्रियामा रहेका छन । अदालतले जनाएको छ । त्यस्तै अंश सम्बन्धि ५१, नाता कायमका १६, बहुबिबाहका नौ बालबिबाह दुई र मानाचामलका ३५ मुद्धा दर्ता भएका थिए । त्यस्तै सामाजिक अपराधका ५०, जालसाजीका १४, ज्यान मुद्धा ११, गाली बेइज्जतीका १३ र चोरीका चार मुद्धा दर्ता भएका थिए ।

बैदेशिक रोजगारपछिको पारिवारीक बिचलन

जिल्ला अदालतमा आएका सम्बन्ध बिच्छेदका मुद्धाको प्रकृति हेर्दा प्रमुख कारण बैदेशिक रोजगारपछिको पारिवारीक बिचलन रहेको छ । महिलाहरुले दर्ता गरेका मुद्धामा कारण खान लगाउन नदिएको, गाली ग्लौज गर्ने र कुटपीट गरेको, पारिवारीक संरक्षण नभएको लगायतका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला