Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँकेका बाढीपीडितमा स्वास्थ्य समस्या

२०७५, २३ भाद्र शनिबार ११:५६

भदौ २३, बाँके । बाँकेका बाढीपीडितमा आँखा, कान र पेट दुख्ने समस्या देखिएको छ । बाढीपीडितलाई लक्षित गरी राप्ती सोनारी गाउँपालिकाअन्तर्गत डुबान क्षेत्रमा सञ्चालन भएको स्वास्थ्य शिविरमा उपचारार्थ आएका बाढीपीडितमा यस्तो समस्या देखिएको हो ।

नेपाली सेनाको बाँके राष्ट्रिय निकुञ्जस्थित श्रीमेहर गण र विभिन्न सामाजिक संस्थाको समन्वयमा बाढीबाट प्रभावितलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन भएको छ । शिविरमा उपचारको लागि आएका अधिकांशमा आँखा, कान र पेट दुख्ने, समस्या देखिएको उपचारमा सैनिक अस्पतालबाट खटिनुभएका डा विजय केसीले बताए । खानेपानीको समस्याले आँखा कान र पेट दुख्ने समस्या भएको हुन सक्ने उनको अनुमान छ ।

राप्ती सोनारी गाउँपालिका–२ कचनापुरको टिकुलीपुर र वडा नं ४ वैजापुरको धामपुरमा शिविर सञ्चालन गरिएको छ । टिकुलीपुरकी नन्दकली विकले निःशुल्क उपचार गर्न पाएकामा खुशी व्यक्त गरिन् । अस्पताल जान समय ननिकालेका बैजापुरका प्रितिराम थारुले पनि आज गाउँमै स्वास्थ्य जाँच गराएका छन् ।

शिविरमा सामान्य चिकित्सा र बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको छ, गत वर्षको बाढीले क्षति पुर्याएका बाढीपीडितलाई लक्षित गरी शिविर आयोजना गरिएको श्रीमेहर गणका प्रमुख सेनानी वासुदेव धिमालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ