पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>भदौ २५, बुटवल | </b>रूपन्देहीको शुद्धोधन गाउँपालिकामा एक युवती रह्जस्यमय अवस्थामा मृत फेला परेकी छिन् ।<br></p><p>गुलाबी रंगको कपडा लगाएकी युवतीको शुद्धोधन गाउँपालिका–७ छपिया नजिकै दानव नदीमा शव फेला परेको हो । युवतीको उमेर अन्दाजी २० वर्षकी जस्तो देखिने जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । युवतीको सनाखत हुन नसकेको प्रहरीले बताए । </p><p>घटनाको विस्तृत विवरण आउन सकेको छैन । युवतीले लगाएको कपडा पाखुरानिर च्यातिएको अवस्थामा शव फेला परेकाले स्थानीयले बलात्कार पछि हत्या भएको आंशका गरिएको छ । केही समय अगाडि पनि ओमसतियामा एक युवाले आफ्नै प्रेमीकालाई हत्या गरी फालेको अवस्था एक युवतीको शव फेला परेको थियो ।</p>

