२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

पर्सामा अनुदानको मलमा कालोबजारी

२०७५, २६ भाद्र मंगलवार ०९:१५

भदौ २६, पर्सा । पश्चिम पर्साको पकहामैनपुर १ ठोरेका नरसिंह बाबा सहकारी संस्थाले प्रतिबोरा (५० केजी) रु ७०० मा खरिद गरेको सरकारी अनुदानको रासायनिक मल प्रतिबोरा रु ८०० मा बिक्री गरेको पाइएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय वीरगञ्जले उक्त संस्थाका अध्यक्ष माधवप्रसाद यादवलाई ढुवानी खर्चसमेत प्रतिबोरा रु ७५० भन्दा बढीमा बेचेमा कारबाही गर्ने चेतावनी दिँदै आएको थियो ।

अध्यक्ष यादवले क्षेत्रीय प्रवन्धक अजयकुमार श्रीवास्तवसमक्ष गुनासो गर्दै भने, “ढुवानी खर्च बढी लाग्ने, बाटोभरि ट्राफिक प्रहरीले रकम लिने गरेकाले प्रतिबोरा रु ७५० मा बेच्दा घाटा लाग्दछ ।” प्रतिबोरा रु ८०० मा बेच्ने नरसिंह बाबा सहकारी संस्था एउटा प्रतिनिधिपात्र मात्र हो जिल्लामा ११० सहकारी संस्थामार्फत कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालयले किसानमाझ रासायनिक मल पुर्याउँदै आइरहेका छन् ।

रासायनिक मलको कालोबजारी तथा कृत्रिम अभाव सिर्जना भएपछि जिल्लाका ग्रामीण क्षेत्रका किसान प्रभावित हुँदै आएका छन् । माग अत्याधिक भए पनि संस्थानले प्रतिसहकारी संस्थालाई एक पटकमा १०० बोरा मात्र रासायनिक मल दिने गरेको छ तर ग्रामीण क्षेत्रमा रहेका सहकारी संस्थाले मलको अभाव देखाएर बढी मूल्यमा बेच्ने गरेको पाइएको छ ।

सहकारी संस्थाले कृत्रिम अभाव सिर्जना गर्नु, बाटोमै अन्य व्यापारीलाई बढी मूल्यमा बिक्री गर्नुजस्ता करणले अहिले रासायनिक मल अभाव देखिएको छ । जबकि कृषि समाग्रीसँग अहिले पनि रासायनिक मल ३०० मेट्रिकटन, डिएपी ६५८ मेट्रिकटन तथा पोटास ६.९ मेट्रिकटन मौज्दात छ ।

एउटा ट्याक्टरमा १०० बोराभन्दा बढी मल राखिएको पाइएमा अलौचोकमा रहेको ट्राफिक प्रहरीले जरिवाना लिने, जथाभावी रकम असुल्ने गरेकाले खर्च धान्न प्रतिबोरा ८०० मा युरिया मल बेच्नुपर्ने गुनासो गर्दै नरसिंह बाबा सहकारी संस्थाका अध्यक्ष माधवप्रसाद यादवले भने, “कृषि समाग्री कम्पनीले एक पटकमा १०० बोरा मात्र मल दिने भएकाले खर्च उठाउन प्रतिबोरा ८०० मा बिक्री गर्ने गरेको हो ।”

क्षेत्रीय प्रबन्धक अजयकुमार श्रीवास्तवले बढी मूल्यमा मल बेचेको सूचना आएमा टोली खटाइ छानबिन गर्न लगाउने र बढी मूल्य लिएको पाइएमा त्यस्ता सहकारी संस्थाको प्रमाणपत्र खारेज गरिने बताए ।

उक्त कम्पनीले पर्सा जिल्लामा मात्र आर्थिक वर्ष ०७४-७५ मा युरिया मल १० हजार ३७५ मेट्रिकटन, डिएपी पाँच हजार ७९९ मेट्रिकटन तथा पोटास १५१ मेट्रिकटन रासायनिक बिक्री गरिसकेको र आर्थिक वर्ष ०७५-७६ को साउन महिनामा मात्र नौ हजार ६९८ मेट्रिकटन मल बिक्री गरिसकेको जनाएको छ ।

कम्पनीले क्षेत्रीयस्तरमा पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सिन्धुली, मकवानपुर, काभ्रे, धादिङ, काठमाडौँ, त्रिशूली, चितवनलगायतका क्षेत्रमा रहेको २० हजार ११४ सहकारी संस्थामार्फत आर्थिक वर्ष ०७४-७५ मा ५८ हजार १३९ मेट्रिकटन मल बिक्री गरेको छ ।

आन्द्र प्रदेशको बैशख्खापटन बन्दरगाहमा सात हजार पाँच सय मेट्रिकटन रसायनिक मल अड्किएको छ भने बाटोमा पाँच हजार मेट्रिकटन मल आइरहेकाले हाल यस क्षेत्रमा मल अभाव देखिएको हो । रसायनिक मल अभावको मौका छोपी सहकारी संस्थाले आफूखुशी बढी मूल्यमा मल बिक्री गर्ने गरेकाले धानखेती गर्ने किसानलाई समस्या परेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा