2026-09-19 10:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा एकैदिन दुई जना बलात्कृत, बलात्कार गर्नेहरु पक्राउ

भदौ २९, भक्तपुर | भक्तपुरमा एकैदिन दुई जना युवती र बालिकाको बलात्कार र बलात्कार प्रयासका दुई घटना भएका छन् । दुवै घटनाका आरोपीलाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ । 

सोह्र वर्षीया युवतीलाई कोठामै गएर बलात्कार गरेको अभियोगमा प्रहरीले चाँगुनारायण नगरपालिका– ३ बागेश्वरी घर भई हाल सूर्यविनायक वडा नं २ बालकोट रागिनीहाइट बस्ने १९ वर्षीय रञ्जीत परियारलाई पक्राउ गरेको छ । 

पीडित युवतीका परिवारले गत २७ गते बलात्कार गरेको किटानी जाहेरी दिएपछि महानगरीय प्रहरीवृत्त थिमिले परियारलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । 

त्यसैगरी १० वर्षीया बालिकालाई जबर्जस्ती यौन सम्पर्क गर्न खोजेको अभियोगमा सप्तरी बेलिपेचना गाउँपालिका– २ घर भई हाल चाँगुनारायण नगरपालिका– २ दुवाकोट तल्लो हाइट बस्ने ६३ वर्षीय सुरेशकुमार पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । पोखरेलले भदौ २७ गते आफ्नै स्टेशनरी पसलमा आएकी बालिकालाई पसलभित्र लगेर जबर्जस्ती यौन सम्पर्क गर्न खोजेको भन्दै किटानी जाहेरी परेपछि पोखरेललाई पक्राउ गरी महानगरीय प्रहरीवृत्त थिमिमा राखेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिनुभयो । दुवैपीडित बालिकाको २७ गते नै शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जानकारी दिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई