भदौ ३०, राजविराज | सप्तरीको कञ्चनरुप नगरपालिकाले स्वाइन फ्लु र हङकङ फ्लुको प्रकोप बढेपछि भोलिदेखि तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

उक्त नगरपालिकाको आज बसेको आकस्मिक बैठकले नगरपालिकालाई विपद् क्षेत्र घोषणा गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको नगर प्रमख वसन्त मिश्रले राससलाई जानकारी दिनभयो ।उक्त नगरपालिकाभित्र रहेका सबै विद्यालय बन्द गर्नुका साथै सबैलाई सजक र सर्तक रहन आग्रह पनि गरिएको छ । उक्त रोगबाट बढीमात्रा विद्यार्थीमा सङ्क्रमण हुन सक्ने भएकाले विद्यालय बन्द गरिएको र सङ्क्रमण नहटेसम्म विद्यालय बन्द जारी नै रहने उहाँले बताउनुभयो ।

उक्त नगरपालिकाका साथै हनुमाननगर कङ्कालिनी नगरपालिका र महादेवा गाउँपालिकामा सयौंजना अहिले ज्वरो र खोकीबाट पीडित हुन थालेपछि विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गत भदौ २४ गतेदेखि गरिएको स्वास्थ्य शिविरमा २४ जनाको रगत र र्याल परीक्षणका लागि काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकामा कञ्चनरुप नगरपालिका– ७ का हरिलाल साहलाई स्वाइन फ्लुको सङ्क्रमण देखिएको थियो ।

उक्त क्षेत्रमा केही दिनदेखि रुघाखोकी र ज्वरोका बिरामीमा ’एचवानएनवान’ ९स्वाइन फ्लु० र ’एचथ्रिएनटु’ ९हङकङ फ्लु० को भाइरस फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

सो रोगबाट कञ्चनरुप नगरपालिका– ४ की ६० वर्षीया भालसरदेवी सरदार र महदेवा गाउँपालिका–१ का ८ वर्षीय बालक महफुल, कञ्चनरूप नगरपालिका– ७ का १४ वर्षीय दिवश बस्नेत, वडा नं ३ का १४ वर्षीय किशोर राम र ९ का १४ वर्षीय आमोदकुमार रामको पनि मृत्यु भइसकेको छ । रासस

सप्तरीमा स्वाइन फ्लु र हङकङ फ्लुको प्रकोप बढ्यो, तीन दिन विद्यालय बन्द गरिने
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment