2026-09-14 12:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

नेपालगञ्जमा तरकारीको माग बढ्दो

भदौ ३१, नेपालगञ्ज | शहरीकरणसँगै नेपालगञ्जमा तरकारीको माग पनि बढ्दै गएको छ । विभिन्न जिल्लाबाट व्यापार, बसोवास, शिक्षा तथा जागिरका लागि बसोवास गर्न यहाँ आउनेको सङ्ख्या बढदै गएको हो । 

विशेषतः प्रदेश नं ५ र कर्णाली प्रदेशका बर्दिया, दाङ, दैलेख, रुकुम, प्युठान, सुर्खेत, सल्यानबाट बसाइँसराइ गरी आउनेको सङ्ख्या बढी छ । नेपालगञ्जमा केही सङ्ख्यामा चितवन, पर्वत तथा गुल्मीबाट व्यापार, व्यवसायका लागि सर्वसाधारण आउने गरेका छन् । जनसङ्ख्या बढेपछि तरकारीको माग पनि क्रमशः बढदै गएको हो । पछिल्लो समयमा नेपालगञ्जमा भारतीय तरकारीको खपत बढी हुने भए पनि अहिले प्रदेश नं ५ र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट तरकारी बिक्रीका लागि ल्याउन थालिएको छ । 

यहाँका बासिन्दाको पहिलो रोजाइमा पहाडी जिल्लामा उत्पादन भएको तरकारी पर्ने गर्छ । “पहाडी भेगमा उत्पादन भएको तरकारी स्वच्छ हुन्छ,” नेपालगञ्ज–९ बाँकेगाउँका सीता श्रेष्ठले भन्नुभयो । तरकारी सस्तो, स्वादिलो र गुणस्तरीय भएकाले उपभोक्ताको रोजाइ त्यसतर्पm बढ्दै गएको हो । नेपालगञ्जमा विशेषगरी सल्यान, रोल्पा, दैलेख, सुर्खेत र दाङबाट तरकारी ल्याएर बिक्री गरिँदै आएको छ । भारतबाट मौसमी तरकारी आयात गरिन्छ । 

रानीतलाउ तरकारी बजार सञ्चालक समितिका सदस्य मेराज कबडिया पहाडी भेगमा उत्पादन भएको तरकारी नै बढी बिक्री हुने गरेको बताउनुहुन्छ । पडाडी जिल्लाबाट गोलभेँडा, बन्दागोभी, काउली, खुर्सानी, सिमी, आलुलगायतको तरकारी बिक्रीका लागि ल्याउने गरिएको छ । नेपालगञ्जमा दैनिक झण्डै २०० क्विन्टल तरकारी खपत हुने गरेको तरकारी थोक बजार समितिको तथ्याङ्कमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले