Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सिन्धुपलाचोकमा बाढीको सूचना दिने ‘साइरन’ जडान

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ३१, चौतारा | सिन्धुपाल्चोकको बाह्रबिसे बजारस्थित भोटेकोशी नदीको पुलमा बाढीको पूर्व सूचना दिने यन्त्र जडान गरिएको छ ।

‘हरिमाया फाउण्डेशन’ नामक संस्थाले जडान गरेकोको उक्त यन्त्रले तीन किलोमिटर टाढासम्म साइरनद्वारा बाढीको पूर्व सूचना दिने काम गर्ने संस्थाका कार्यकारी सदस्य नवीन श्रेष्ठले जानकारी दिनुभयो ।

हालै मात्र उक्त यन्त्र जडान गरिएको र स्थानीयवासीको माग भई आएमा अन्य स्थानमा पनि जडान गरी मानवीय क्षति हुनबाट स्थानीयवासीलाई सचेत गराउने उद्देश्य रहेको क्षेष्ठको भनाइ छ । विसं २०७३ साल असार २१ गते चिनियाँ क्षेत्रमा आएको बाढीले सीमा नदीको रुपमा बग्ने भोटेकोशीले ठूलो भौतिक क्षति पु¥याएको थियो ।

डेढ वर्षदेखि सामाजिक सेवा गर्दैआएको संस्थाले क्यान्सर तथा मिर्गौला जस्ता गम्भीरखाले बिरामीलाई रु २५ हजारसम्म आर्थिक सहयोग प्रदान गर्दैआएको बताइएको छ ।