2026-11-01 04:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

न त नाकाबन्दीको चिन्ता, न ग्यास नपाएको पिरलो

gobar gyas

फाइल फोटो

पूर्णप्रसाद न्यौपाने/मङ्सिर २९, ओखलढुगां । ओखलढुगां बरुणेश्वरका लिलाबल्लभ
दाहाललाई नाकाबन्दीले खाना पकाउन कुनै असर गरेको छैन ।

भारतीय
नाकाबन्दी र तराई आन्दोलनका कारण देशभर ग्यास हाहाकार भएपनि बरुणेश्वरका स्थानीयलाई समस्याले छोएकै छैन
।

देशभर खाना पकाउने ग्याँस अभाव भइरहेका बेला ओखलढुंगाको
बरुणेश्र रामपुरका गोवरग्याँस प्रयोगकर्ताहरु भने ढुक्क छन् । उनीहरु अरुलाई पनि समस्यामा परेर नबस्न
भन्दै गोवरग्याँस प्रयोग गर्न सुझाव दिने गरेका छन् ।

गोबर
ग्यासको प्रयोगबाट छिटो छरितो र धुवाँरहित चुल्होमा काम गर्न पाउँदा महिलाहरु पनि खुशी पनि छन्
।

पहिले गाईवस्तुलाई कुँडो पकाउन मात्र प्रयोग गर्ने गोबर
ग्याँस हिजोआज खाना पकाउनदेखि चुल्होमा हुने सबै काममा प्रयोग हुन थालेको छ ।

स्थानीय स्तरमा रहेको स्रोत र साधन परिचालन गरी ढुक्कसंग दैनिकी चलाउन सबैलाइ आग्रह
गर्नुहुन्छ स्थानीय शारदादेवी अधिकारी ।

करिब ३ वर्ष अघि गोबर
ग्यासको प्लान्ट निर्माण गरेका बरुणेश्वर रामपुर गाउँका १३ घरपरिवारले गोबरग्यासको प्रयोग गर्न थालेका
हुन् । गोबरग्यासमा प्रयोग गरिएको गोबर खेतबारीमा प्रयोग गर्न पनि मिल्ने भएकाले प्रयोगकर्ताहरु हिजोआज
अरुलाई पनि यस्तै सुझाव दिन्छन् ।

बरुणेश्वरका स्थानीयले जस्तै
अरुले पनि स्थानीय स्रोतसाधनको प्रयोग गर्न सके आत्मनिर्भर बन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द