Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पश्चिम रुकुममा असोज ११ देखि स्यार्पु महोत्सव हुँदै

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार | भदौ २, बुटवल ।  पश्चिम रुकुममा आगमी असोज ११ देखि १५ गते सम्म स्यार्पूताल छेउमा हुने दोस्रो स्यार्पू पर्यटन महोत्सव तयारीको को काम तिब्र रुपमा अगाढी बढाईएको छ । आउने पाहुनाहरुले खाने खाना र बस्ने बासलाई व्यवस्थित गरिने भएको छ ।

बाँफिकोट गाउँपालिका वडामा नम्वर ३ र ५ मा  फैलिएको तालको छेउमै हुने महोत्सवमा  मेला भर्न आउनेहरुलाई खान र बास ब्यवस्थापनको काम भई रहेको आयोजकले जनाएका छन ।

चर्को मुल्यमा कोही नपरुँन भन्ने उद्देश्यका  साथ खान र आवासको मुल्य  निर्धारण समेत गरिएको छ ।, महोत्सव मुल समारोह समितिका सचिव चन्द्रबहादुर केसीका अनुसार स्यार्पुताल वर पर होमस्टे निर्माण गरिएको छ  ।  होमस्टे र अन्य घरहरुमा बसेर खान खानेहरुलाई खशीको मासु भातको दर प्रति छाक दुई सय २० र लोकल कुखराको मासु सहित २ सय ३० तोकिएको छ । आवास  ब्यवस्थापन उपसमितिले खाना र बासको दर तोकेको हो ।

महोत्सव अवधिभर स्यार्पूताल आसपासका होटेल तथा होमस्टे वा स्थानीय घरमा बस्नेहरुले खसीको एक प्लेट मासु सहितको एक छाक खानाको दुई सय २०, लोकल कुखुराको मासु सहितको छाकको दुई सय ३० रुपैयाँ दर कायम गरिएको छ ।

त्यस्तै  ब्रोइलर कुखुराको  मासु सहितको खानको मुल्य २ सय तोकिएको छ । ‘जल, जंगल, जडिबुटी, कृषि, कला, सस्कृति हाम्रा उत्सव, बाँफिकोट समृद्धिका लागि दोस्रो स्यार्पू पर्यटन महोत्सव’ भन्ने नारा सहित आयोजना गरिएको महोत्सवले स्थानियको आय श्रोत बढ्ने आयोजकले अपेक्षा लिएका छन ।  सुन्दर टापुमा अवस्थि उक्त ताल र वरपरको दृश्य निकै मनोरम रहेको छ ।