2026-11-01 09:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुगांका २ सय ९९ नागरीक समयमै सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित

पूर्णप्रसाद न्यौपाने/पुस २, ओखलढुंगा ।
गाविस सचिवको कमजोरीका कारण ओखलढुगांको हर्कपुरका २ सय ९९ जना नागरीक समयमै सामाजिक सुरक्षा
भत्ता पाउनबाट बञ्चीत भएका छन् । गाविस सचिव कृष्णमोतेले समयमा यकिन तथ्याङ्क नबुझाएका कारण कम रकम
निकासा भएको र निकासा भएको रकम पनि हालसम्म वितरण नगरेका कारण हर्कपुरका लक्षीतवर्गका नागरीकहरु सामाजिक
सुरक्षा भत्ता पाउनबाट बञ्चीत भएका हुन् । गत असोज महिनामा पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता अहिले सम्म
नपाएको हर्कपुर ५ का भवनाथ दाहालले गुणासो गर्नुभयो ।

निकै आक्रोसित हुँदै वृद्धदाहालले भन्नुभयो
‘न त भत्ता आउँछ, न त सचिव ………हाम्रो भत्ता कस्ले खायो ? सचिवले अनियमीतता गरेको भए जिल्ला विकास
समितिका हरु हाकीम र हाम्रा नेताहरु कता हराए ? हाम्रो नाम बेचेर ककस्ले मिलेर खाए कि के भयो हामीले
पाएनौँ ।’ हर्कपुर गाविस भित्रका जेष्ठनागरीक, एकलमहिला, अपाङ्ग तथा दलीत बालबालीकाहरुले आफुहरु राज्यले
दिने सुविधा पाउनबाट बञ्चित हुन पुगेको भन्दै दुखेसो पोखेका छन् ।

भूकम्पले विचल्लीमा पारेको
समयमा समेत आफुहरुका लागि आएको रकम समयमै वितरण नगर्ने गाविस सचिवलाई कारबाहि गर्न स्थानियले माग गरेका
छन् । ‘ कस्ले किन रोक्यो हाम्रो भत्ता थाह छैन तर भूकम्पले विजोग भएर बस्दा पनि सँधै पाउँदै आएको भत्ता
पाईएन’ स्थानिय एकल महिला सिता विकले गहभरी आँसुपार्दै भन्नुभयो ‘थोरै भएपनि आउँछ र नुन भुटुन खाँउला
भन्ने आशा थियो तर पाईएन न त घरम ागर्ने मान्छे छन् न त राज्यले दिने पैसा समयमा दिन्छन्……… हामी
एकल महिलाहरुको यो भूकम्प पछि विजोग छ ।’ विषेशगरी दशैँको समयमा भत्ता आउला र दशैँ खर्च गरौँला भन्ने
योजनामा रहेका वृद्धवृद्धा र एकल महिलाहरु असोजमा पाउनुपर्ने भत्ता पुस सुरुहुँदा पनि नपाउँदा चिन्तीत
बनेका छन् । ‘भत्ता आउँछ र तिर्छुृ भनेर दुई हजार ऋण काडेर दशैँ टारेँ तर खै भत्ता आएन कसरी तिर्नु’ एक
वृद्धाले भन्नुभयो । गाविसमा कोहि नयाँ मान्छे देख्ने वित्तीकै हर्कपुरका स्थानियले सामाजीक सुरक्षा
नपाएको गुणासो गर्दै आफ्ना कुरा जिल्लातहमा पु¥याईदिन आग्रह गर्नेथालेका छन् ।

जिल्ला विकास
समितिले चालु आर्थीक वर्षको पहिलो चौमासिक भत्ता स्वरुप गत भदौ महिनामै हर्कपुर गाविसका लागि ८ लाख २६
हजार २ सय रकम निकासा दिएको थियो । ‘हामीले माग अनुसारको रकम निकासा गर्ने हो,सोहि अनुसार भदौ महिनामै
रकम निकासा गरेका छौँ’ जिल्ला विकास समितिका एक कर्मचारीले भने ‘गाविस सचिव मोतेले आवश्यक संख्या उल्लेख
नगरेका कारण रकम कम निकासा भएको हो,अहिले थप रकमका लागि पहल भईरहेको छ ।’ भदौमा रकम कम निकासा भएको
भनिएपनि सचिव मोतेले मंसिर ८ गते मात्रै रकम अपुग भएको भन्दै जिल्ला विकास समितिलाई जानकारी गराएर थप
रकम निकासाको माग गरेका छन् ।

उता सचिव मोतेले भने आफुले डाटा सहि दिएकोे तर रकम थोरै निकासा
भएका कारण समयमै वितरण गर्न समस्या भएको बताउनुभयो । हर्कपुरका स्थानिय राजनैतीक दलका नेता तथा
सरोकारवालाहरुले पुरै रकम निकासा भएपछि मात्रै वितरण गर्न सल्लाह दिएका कारण असोजमै वितरण गर्नुपर्ने
रकम हाल सम्म वितरण नगरेको उहाँको भनाई छ । ‘मेरो केहि कमजोरी छैन तर सबैले कुरा काटे मलाई गाली गरे
……..गल्ती नभए पनि स्विकार्छु र जती रकम निकासा भएको छ म छिटै वितरण गरिहाल्छु ।’ सचिव मोतेले
प्रतिवद्धता जनाउँदै भन्नुभयो ।

यस विषयमा जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकिय
अधिकृत बलराम लम्सालले तत्काल वास्तवीकता बुझेर कारबाहि गर्ने बताउनुभयो । अधिकृत लम्सालले भन्नुभयो
‘असोजमै वितरण हुनुपर्ने सामाजीक सुरक्षाभत्ता हालसम्म वितरण नभएको भए भोली नै वितरण गर्न लगाउँछु,र के
कती कारण रकम कम निकासा भएको वास्तविकता बुझेर अर्को चौमासिक सम्ममा बाँकि रकम निकासा गराउन पहल गर्छु’
कामका कुनै सम्झौता नगर्न गाविस सचिवहरुलाई निर्देशन दिँदै लम्सालले आफुले पाउनुपर्ने सेवाका विषयमा
सचेत बन्न र समयमै खोजीगर्न सर्वसाधारणसँग आग्रह गर्नुभयो । ओखलढुंगामा गाविस सचिवहरुको कमजोरीका कारण
समयमै सामाजीक सुरक्षाभत्ता पाउनबाट बञ्चित हुनुपरेका आवाजहरु समय समयमा उठ्ने गरेका छन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द